काठमाडौ सनसिटी अपार्टमेन्टका कोरोना सङ्क्रमित आमा छोरा उपचारपछि निको भए
1.8K
काठमाण्डौ - कोरोना सङ्क्रमित थप दुईजना उपचारपछि निको भएका छन् ।
काठमाण्डौको पेप्सीकोलाको सनसीटी अपार्टमेन्टमा बस्दै आएका दुईजना कोरोना सङ्क्रमित निको भएका हुन् ।
गएको वैशाख २ गते ललितपुरको पाटन अस्पतालमा भर्ना भएका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिला उपचारपछि निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।