हारे प्रधानमन्त्री ओली, चौतर्फी दबाव पछि अध्यादेश फिर्ता लिने
काठमाडौं। सरकारले सोमबार ल्याएको अध्यादेशको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले अध्यादेश फिर्ता लिने विषयमा छलफल थालेका छन्। बिहीबार प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा सरकारले जारी गरेको अध्यादेशका विषयमा छलफल भएको छ।
छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन सुझाव दिएको प्रचण्ड निकट स्रोतले जनाएको छ। अध्यादेश जारी भएपछि मुलुकमा राजनीतिक ध्रुवीकरण भएको भन्दै प्रचण्डले अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।
यसैगरी बिहीबार नै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपालसँग पनि छलफल गरेका थिए। नेता नेपालले पनि अहिले अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए। दुवै नेताले अध्यादेश फिर्ता लिएर सम्भावित दुर्घटना रोक्न सुझाव दिएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने तयारीमा पुगेका हुन्।
प्रमुख प्रतिपक्षसहितका विपक्षी दलले तत्काल अध्यादेश फिर्ता लिन सरकारलाई दवाब दिँदै आएका छन् भने सत्तारुढ नेकपाभित्रै पनि अध्यादेशको विरोध भइरहेको छ। उता राजपा र समाजवादी पार्टीबीच बुधबार नै एकीकरण भइसकेको छ।
संविधानको धारा ११४ ९२० ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ।