नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७
1.8K
११ वैशाख,काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
उदपयुर (प्रदेश १) की ५५ वर्षीया महिला र जनकपुर (प्रदेश २) का १४ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।
उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ ।