कोरोना संक्रमित २ जना निको भएर घर फर्किए, नेपालमा ७ जना निको भए
1.7K
नेपालमा अहिलेसम्म सातजना उपचारपछि निको भइ घर फर्केका छन् । बुधबार टेकु अस्पतालबाट ३२ वर्षीय पुरुष र सेती प्रादेशिक अस्पतालबाट ४० वर्षीय पुरुष गरी दुईजना ‘डिस्चार्ज’ भएका छन् । मंगलबार सेती अस्पतालबाटै २७ वर्षीय एक युवक डिस्चार्ज भएका थिए ।
अहिलेसम्म पीसीआरबाट ९ हजार ११ जनालाई परीक्षण गरिएको डा. देवकोटाले बताए । त्यस्तै, ‘आरडीटी’बाट ३१ हजार ४२० गरी जम्मा परीक्षणको संख्या ४० हजार ४३१ पुगेको छ ।
मन्त्रालयले पछिल्लो २४ घन्टामा तीन हजार ७३६ ओटा परीक्षण गरिएको पनि बताएको छ ।
८ हजार ५९५ जना ‘क्वारेन्टाइन’मा रहेको बताउँदै डा देवकोटाले काठमाडौंमा तीनसहित ९५ जना क्वारेन्टाइनमा बसेको जानकारी दिए । हाल २६९ जना ‘रेड जोन’मा परेका छन् ।
भिडियो हेर्नोस्