अर्को जाडो मौसममा कोरोनाको झन् महामारी हुन सक्छ : सीडीसी
2.3K
डिसी । कोरोना भाइरसको संक्रमण यो वर्ष कहिले सकिन्छ भन्ने कुनै अनुमान समेत लगाउन नसकिएको अवस्थामा अमेरिकी रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी)ले अर्को वर्षको जाडो मौसममा कोरोना भाइरस अझ महामारीका रुपमा आउन सक्ने वताएको छ ।
सीडीसीका निर्देशक रोवोर्ट रेडफिलले द वासिंगटन पोष्टसंग कुरा गर्दै कोरोना र फ्लु संगसंगै आउने हुंदा चुनौतिपूर्ण हुने वताएका हुन् ।
हामीले अहिले कोरोना संक्रमणलाई जसरी भोगी रहेका छौं, त्यो भन्दा ज्यादा अर्को जाडो मौसममा आउन सक्छ, उनले जोड दिंदै भनेका छन् ।
हामीसंग फ्लुलाई रोक्नका लागि त खोप र औषधि पनि छ तर कोरोनाका लागि कुनै पनि औषधि छैन, त्यसैले मैले यो डरलाग्दो हुन्छ भनेको हुं, उनले अन्तर्वार्तामा भनेका छन् ।