नागरिक पोष्ट News


अमेरिकी ग्रिनकार्ड बन्द गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

2.4K

१० बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् ।

अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ ।ट्रम्पले भनेका छन्, ‘अमेरिकीले जागिर गुमाउने र त्यो स्थानमा आप्रवासीलाई जागिर दिने कुरा गलत र अन्यायपूर्ण हुन्छ । हामी हाम्रा अमेरिकी जनतालाई बचाउन चाहान्छौं र हामी उनीहरुप्रति रक्षात्मक बन्दै जानेछौं ।’

Must View