कोरोना कहर मुक्तिका लागि सम्बृद्ध नेपाल, धनुषाद्वारा विश्वशान्तिका लागि दिप प्रज्वलन
कोरोना भाइरस (Covid-19) २०७६ साल पौष १५ गते पहिलो पटक चिनको वुहानबाट महामारीको रूप लिदै विश्वको २०९ देशमा फैलिरहेको छ। अहिले सम्म विश्वभरी कोरोनाका कारण लाखौको सख्यामा सक्रमित भएकाछ्न लाखै कै स°ख्यामा मृत्यु भैसकेका छ्न त्यस्तै लाखौ कै सख्यामा उपचारार्थ मै छ्न भने लाखौ कै स°ख्यामा स्वास्थलाभ गरि घर फर्किसकेका छ्न।
यो कोरोना भाइरस महामारीका कारण केही देश बाहेक विश्व लकडाउनको अवस्थाबाट गुजृरहेकोछ। यो अवस्थामा नेपाल पनि अछुतो छैन। हाल सम्म नेपालमा ३१ जना स°क्रमित भए सगै ४ जनाले स्वास्थ लाभ गरि घर फर्की सकेकाछ्न। लकडाउनका कारण विश्वकै अर्थतन्त्रमा सकट आउने अर्थविदहरूले आकलन गरिरहेकाछ्न। यो अर्थ सकट नेपालमा पनि देखिने निश्चित छ। नेपाल लगाएत विश्वमै निम्न बर्गहरुमा आर्थिक स°कट आइसकेको र मध्यम बर्ग तर्फपनी कोरोना भाइरस जस्तै आर्थिक सकट बढिरहेको छ।
यो अवस्था मा सबै देशले गम्भीर भएर सोच्नुपर्दछ। सरकारले भरपर्दो राहत सगै उपचारमा तिब्रतादिनुका साथै कोरोना भाइरसलाइ समयमै नियन्त्रण गर्नुपर्दछ। विश्वमै कोरोना भाइरसका कारण लाखौ मानिसहरू मृत्यु भइसकेको छ भने लाखौकै सख्यामा सक्रमित भै उपचार गराइरहनु भएको छ। यस्तो अवस्थामा यस सस्थाका उपाध्यक्ष दोर्जे लामाको नेतृत्वमा सस्थाकै सचिव राम कुमार श्रेष्ठ , कोषाध्यक्ष राम प्रसाद मानन्धर , सदस्य सुर्य कुमार मानन्धर सगै सस्थाका शुभचिन्तकहरूको उपस्थितमा विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरूमा हार्दिक श्रद्धाञ्जली, मृतक परिवारमा समवेदना तथा उपचार गराइरहनु भएकोमा शिघ्र स्वास्थ लाभको कामना गर्दै विश्वशान्तिका लागि धनुषा, चिसापानी स्थित कम्लेश्वर पशुपतिनाथ मन्दिरमा प्रार्थना सहित दिप प्रज्वलन गरिएको छ। अन्तमा, यस सस्थाका अध्यक्ष रित ब. श्रेष्ठले सरकारले जारी गरेको लकडाउन सम्बन्धि निर्देशन पालना गरि , समाजिक दुरि कायम गरि सयमता पुर्वक अगाडि बढे कोरोना भाइरस माथी छिट्टै बिजय प्राप्त गर्ने बताएको छ।