नागरिक पोष्ट News


धादिङमा प्राकृतिक बिपत्ति, चट्याङले घरमा जता छोए पनि करेन्ट, २ को मृत्यु, ७ जना घाइते

1.8K

चट्याङले हाइ भोल्टेजको बिद्युत आई घरभरि करेन्ट लागेपछि मानिसहरु घाइते भएका थिए

धादिङमा - हावाहुरी र असिनासँगै  सोमबार साँझ धादिङको थाक्रे गाउँपालिका-३, बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो ।

घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर घाइते भएका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्याललाई उपचारका लागि काठमाण्डौ लाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष अमित घलेले जानाकारी दिनुभयो । गम्भीर घाइते अर्का एक जनाको काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

डोटीमा पनि चट्याङ लागेर एक महिलाको ज्यान गयो

डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीमा  चट्याङ लागेर सोमबार एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार  चट्याङ लागेर ज्यान गुमाउनेमा २२ वर्षीया उजली बयाडी रहेकी छन् । 

Must View