नेपालको धनगढीका कोरोना संक्रमित युवा निको भए घर फर्किए
2K
२०७७, वैशाख ९ गते । कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारबाट निको भएर घर फर्किएका छन् । चैत ११ गते कोरोनाको आशंकामा अस्पताल पुग्नु भएका शाहीलाई केन्द्रीय प्रयोगशालाले चैत १४ गते कोरोना भएको पुष्टी गरेको थियो । शाही चैत ७ दुवईबाट दिल्लीहुँदै काठमाडौ आएका थिए भने चैत ८ गते बुद्ध एयरबाट नेपालगञ्ज आइपुगेका थिए। सोही दिन त्यहाँबाट अटोरिक्सामा कोहलपुर र कोहलपुरबाट अत्तरियासम्म माइक्रोवसमा त्यहाँबाट बसमा धनगढी पुगेका थिए ।
Photo : https://gorkhapatraonline.com/