नागरिक पोष्ट News


नेपालमा एकैदिन ९ कोरोना संक्रमित थपिए, संक्रमित सबै उदयपुरमा भेटिएको पुष्टि

2K

काठमाडौं, वैशाख ९ । उदयपुरमा थप ९ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको भएको पुष्टि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको हो ।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ती ८ जनामा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएपछि थप परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

यसअघि, कोरोना संक्रमण पुष्टि भएका १२ जना विराटनगरको कोरोना अस्पतालको ‘आइसोलेसन’मा उपचाररत् छन् ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा अर्का एकजना युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

Must View