वैशाख १५ पछिको लकडाउन खुल्छ ? आगामी मे ५ (वैशाख २३) को लकडाउन मोडल यस्तो
यो सरकारलाई चाहिएको विषय होइन । हामीले सामाजिक दुरी कायम, मास्क लगाउनेलगायत अरु उपाय पनि गरिरहेका छौँ । परिस्थिति हेरेर स्थिति सहज भएपछि हाम्रा आर्थिक गतिविधि क्रमशः अगाडि बढ्नेछन् । कोरोनाका कारण उत्पन्न आतङ्क समाप्त पार्नुपर्छ ।
यो सरकारले लकडाउन गरेको छ भन्ने विषय होइन, जनता जोगाउन गरिएको विषय हो । यो यहाँ मात्र होइन विश्वमै लागु भइरहेको छ । विश्वका कतिपय मुलुकका जहाँ प्रभावकारी लकडाउन छैन, त्यहाँ बढी मानवीय क्षति भएको छ । महामारीलाई रोक्ने सन्दर्भमा अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीका आधारमा जोडेर हेर्नु हुँदैन । यस सन्दर्भमा म संयुक्त राष्ट्रसङ्घका महासचिव एन्तेनिओ गुटेरेसले यसै गरेको आग्रहलाई पालना गरौँ भन्ने जोडदार समर्थन गर्न चाहन्छु । आगामी मे ५ (वैशाख २३)मा असंलग्न मुुलुकहरूको सङ्गठन (नाम)ले चाल्ने कदमको पनि समर्थन गरी हामीले साझा शत्रुविरुद्ध एक हुन विश्व समुदायलाई आह्वान गर्दैछौँ ।
-Onlinekhabar.com
विश्वभर कोरोना भाइरसका कारण संकटमा छन् । डेढ लाख बढीको मृत्यु भइसकेको छ भने २३ लाख संक्रमित भएका छन् । निको हुने ६ लाखको हाराहारीमा छन् । नेपालमा पनि २०७६ चैत्र ११ गतेदेखि लकडाउन जारी छ । नेपाल यतिखेर तेस्रोपटक बैशाख १५ गतेसम्मको लकडाउनमा छ । नेपालमा जम्मा ३१ जना कोरोनाबाट संक्रमित छन् जसमध्ये ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकी सबैको स्वास्थ्य अबस्था सामान्य छ । यता कोरोनाबाट छिमेकी मुलुक भारत बढी प्रभावित छ । ५ सय भन्दा बढीको मृत्यु भएको छ भने १७ हजार बढी संक्रमित छन् । तेस्रोपटको लकडाउन सकिन केही दिन बाँकी हुदा नेपालमा लकडाउन लम्बिन्छ की के हुन्छ भन्नेमा आम सर्वसाधारणको चासो छ । उद्योग व्यवसाय लकडाउनले ठप्प छ । मजदुर र गरीब वर्गको उठिबास जस्तै भएको छ । सरकारी राहत नपाएको गुनासो छ । यस्तो अबस्थामा देशका प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीले बैशाख १५ गतेपछिको लकडाउनको मोडल के हुन्छ भन्ने आधार छिमेकी मुलुकको अबस्था निर्भर हुने र त्यही अनुसार सरकारले कदम चाल्ने बताएका छन् । देशमा संक्रमित बढे आन्तरिक लकडाउन लम्बिने र कडा हुने छ भने संक्रमित यही अबस्थामा रहे । उपत्याका लगायतका मुख्य औद्योगिक क्षेत्रमा लकडाउन खुकुलो गर्ने बोर्डरमा र हवाइ क्षेत्रमा लकडाउन कायमै रहने छ ।
भारतमा कोरोनाभाइरसको संक्रमण रहुन्जेल नेपाल-भारत सीमा खुल्ने छैन - ईश्वर पोखरेल, उपप्रधानमन्त्री
- 'यतिबेला बोर्डरमा बसेका छौं, मातृभूमि जान पाउँ' भन्ने खालका कुरा समाधान होइनन्। भावनात्मक कुरा गरेर हामी मुख्य कामबाट विचलित हुनुहुन्न।
- भारतमा नेपाली छन्, खाडीमा छन्। त्यहाँमात्र किन सम्झनुहुन्छ। तपाईं एउटा जिल्लाबाट अर्को जिल्ला जान पाउनुहुन्न। एउटा वडाबाट अर्को वडा जान पाउनुहुन्न। घुमफिर गर्न पाउनुहुन्न। अहिलेको परिस्थितिमा त्यही नै सही हो।
- यहाँ त देश रूँदैछ। मानवजाती रूँदैछ। हिँड्न नपाएर को मान्छे कहाँ, रूँदैछ भन्ने कुरा गरेर के गर्नुहुन्छ।
- स्वास्थ्य सामग्रीको खरिद कानुनी ढंगले अगाडि बढ्यो। हाम्रोमा 'सबै अनियमितता भयो' भन्ने ढंगले हेर्ने रोग छ। त्यो रोगप्रति दु:ख व्यक्त गर्न चाहन्छु। हामी यो कर्ममा कथा कथ्नेलाई प्रत्येकलाई चुनौती दिन चाहन्छौं।
- सेना सरकारको अंग हो। सरकारले चाहेको बेला के काममा प्रयोग गर्ने हो गराउन, सक्छ।