राजनीतिक पार्टी बिभाजन सजिलो हुने अध्यादेश ल्याउने सरकारको निर्णय पारित
1.7K
काठमाडौं, वैशाख ८ । सरकारले दल विभाजनसम्बन्धि विद्यमान व्यवस्था सरल बनाउने अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको प्रस्तावमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुषाल र उर्जामन्त्री वर्षमान पुनले यस्तो गम्भीर निर्णय यो समयमा गर्नु ठीक हुन्न कि भनेर सुझाएको दाबी गरिएको छ । अरु मन्त्री मौन रहेको जनाइएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समिति दुबैमा ४० प्रतिशत बहुमत भएमात्र पार्टी फुटाउन सकिने व्यवस्था रहेकामा अब कुनै एकातिर ४० प्रतिशत पुर्याए फुटाउन सकिने व्यवस्था गर्न लागिएको हो ।