नागरिक पोष्ट News


भारतमा कोरोनाबाट १७ हजार भन्दा बढीमा संक्रमित, ५ सय ५९ जनाको मृत्यु

2K
एजेन्सी । कोरोना भाइरसले विश्वभर बितन्डा मच्चाइरहेको छ । यस भाइरसले मानव जीवनमा ठूलो असर पुर्याएको छ ।

विश्वका २४ लाख भन्दा बढीमा कोरोनाले संक्रमण गराएको छ भने १ लाख ६५ हजार भन्दा बढीले यस भाइरसका कारण ज्यान गुमाएका छन् ।

छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । भारत पूर्ण रुपमा लकडाउन रहेको छ । १७ हजार ६ सय १५ जनामा कोरोनाको संक्रमण रहेको छ । यस भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ५ सय ५९ पुगेको छ ।

२ हजार ८ सय ५४ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । 

Must View