नागरिक पोष्ट News


भारतमा ५३ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि

2.8K

काठमाण्डौ - भारतमा कम्तीमा ५३ जना पत्रकार कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ । 

स्थानीय सञ्चारमाध्यम हफपोष्टले सोमबार त्यहाँको बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका अधिकारीहरुलाई उद्धृत गर्दै यो सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ । 

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य समिति सदस्य अमे गोलेले हफपोस्टलाई बताए अनुसार १ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । ‘परीक्षणका लागि पठाइएको १ सय ६७ पत्रकारहरुको नमुनामध्ये ५३ जनाको कोभिड १९ रिपोर्ट पोजिटिभ आएको छ’, उहाँले भन्नुभयो, ‘यो संख्या अझै बढ्न सक्छ ।’

53 journalists tested #COVID postive More results awaited. Every third journalist tested by @mybmc is a #PositiveCase 167 journalists were tested by BMC@CMOMaharashtra@DelhiDurbar

ashok bagriya@ashokbagriya10

 · 7h

Around 30 Mumbai journalists examinted by @mybmc, have tested positive. Most are asymptomatic. Delhi should follow lead- Important to test journalists on field @ArvindKejriwal @DelhiDurbar

4:17 PM - Apr 20, 2020

Twitter Ads info and privacy

कोभिड १९ रिपोर्ट पोजिटिभ आएका ५३ जनामा समाचार च्यानलका सम्वाददाता, क्यामेरापर्सन र फोटोपत्रकारहरु रहेका छन् ।

Must View