नागरिक पोष्ट News


यसकारण लकडाउन खुकुलो बनाउनुपर्दछ, अर्थतन्त्र भन्दा नि मानिसको जीवन बचाउनतर्फ लाग्नुपर्दछ

2.5K
- भरतराज उप्रेती

विश्व यतिखेर कोभिड १९ कोरोना भाइरसका कारण संकटमा छ । १ लाख ६५ हजारबढीको मृत्यु भइसकेको छ भने २३ लाख संक्रमित भएका छन् । निको हुने ६ लाखको हाराहारीमा छन् । अमेरिका सबैभन्दा बढी प्रभावित छ । जहाँ ४१ हजारको मृत्यु भएको छ भने ७ लाख ३५ हजार संक्रमित बनेका छन् । इटली, फ्रान्स र जर्मनी बेलायतमा कोरोनाले बढी मानवीय क्षति गरेको ।  कोरोनाका कारण विश्व अर्थतन्त्र सन् १९९४ अघि पुगेको अर्थशास्त्रीहरुले बताएका छन् ।  कोरोना २१० देशहरुमा फैलिएको छ । चीनको वुहानबाट २०१९ डिसेम्बर अन्तिम साता फैलिएको कोरोनाले चीनको अर्थतन्त्रमा पनि धक्का पुर्याएकै छ । चीनले ७६ दिनको लकडाउनबाट वुहान खोले पनि पछिल्लो दिनमा फेरि संक्रमण दोहोरिएको समाचारहरु सार्वजनिक भएको छ । जापान कोरिया, खाडी मुलुकहरुमा संक्रमणदर बढ्दो छ ।

कोरोनाका कारण मानसिक त्रास मात्रै बढीरहेको छ

बिश्वमा विभिन्न रोगले हुने मानिसको मृत्यु दर बार्सिक १४ प्रतिशत हो । तर कोरोनाको हल्लाले त्रासको बाताबरण सृजना गरि थप ७ प्रतिशत बढाएको छ। यो बर्षको चार महिनामा मृत्यु दर २१ प्रतिशत पुगेको छ। जुन डरले अत्तालिएर भएको मृत्यु हो। यसैलाई अहिलेका संचार माध्यम, रेडियो, टिभी, फेसबुक, टुइटर, इन्स्टाग्राम लगायत विभिन्न च्यानलहरुले बुझेर होस वा नजुझेर व्यापक प्रचार गरिरहेका छन। अधिक्तम मानिसलाई मानसिक रुपमै जीउँदै मार्ने गरेका छ्न।  

नेपालमा जम्मा ३१ जना कोरोनाबाट संक्रमित छन् जसमध्ये ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।नेपालको छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमण बढ्दो छ । ५ सयभन्दा बढीको मृत्यु भएको छ भने १७ हजार बढी संक्रमित भइसकेका छन् । विश्वमा झण्डै ६० हजार भन्दा बढी कोरोनका गम्भीर बिरामी छन् ।  नेपालमा पनि २०७६ चैत्र ११ गतेदेखि लकडाउन जारी छ ।

कोरोना निगम पुजीवादी उत्पादन र ब्यापारिक द्वन्दको हो

नेपाल यतिखेर तेस्रोपटक बैशाख १५ गतेसम्मको लकडाउनमा छ । लकडाउन कै कारण काठमाडौंमा मजदुरी गरि जिबिकोपार्जन गरिरहेका मजदुरहरुले खान बस्न समेत नपाए पछि काठमाडौंबाट १४र१५ दिनको पैदल यात्रा तय गरी बाटो हिडिरहेका कारुणिक दृश्यले नेपालको भबिश्य कता जाने भनेर देखाइरहेका छन। खाडी मुलुक मध्य धेरैले आफ्ना मान्छे फिर्ता लैजान चेतावनी समेत दिएका छन। तर सरकार लाचार बनेर जहाँ छौ त्यही बस भनिरहेको छ।

डब्लुएचओ भन्छ यसको संक्रमणको दर रोक्ने एउटै विधि लकडाउन हो । तर यो कहिलेसम्म भन्ने कुरा आफैमा स्पष्ट छैन । कहिले यो ठाउँ इपिसेन्टर बन्छ भन्छ छिनमा यो देश । पछिल्लो समय अफ्रिका मुलुक कोरोना भाइरसको इपिसेन्टर बन्दैछ भन्छ, जहाँ कम्तीमा तीन लाख मानिसको मृत्यु हुन्छ भनेर पूर्व सूचना दिइरहेको छ ।

अमेरिकाको न्युयोर्क कोरोनको इपिसेन्टर हुन्छ भनेको प्रमाणित हुदैछ । अमेरिकामा लकडाउन खुकुलो गर्दा कम्तीमा २ लाख मानिस मर्ने डब्लुएचओले पूर्वानुमान गरेकै थियो । जुन कुरा पछिल्ला दिनहरुमा हो जस्तै हुदै गइरहेको छ । अमेरिकको हवार्ड विश्वबिद्यालयका अनुसन्धानकर्ताहरुले कोरोनाबाट बच्ने उपाय भनेको सामाजिक दुरी नै हो भनेका छन् । २०२२ सम्म यो कायम गर्नुपर्ने रिपोर्ट निकालिरहेका छन् । यसको खतरा २०२४ सम्म रहन्छ भनेका छन् । 

यता ट्रम्प लकडाउनलाई निरन्तरता दिइरहेने पक्षमा छैनन् । लकडाउन नगर्दा २ २ देखि ५ लाख अमेरिकीको मृत्यु हुने ट्रम्पको अनुमान छ तर लकडाउन गर्दा बिसौ लाख मानिस भोकले मर्ने उनले बताउँदै आएका छन् । जसको फलस्वरुप लकडाउन खोल्नुपर्दछ भनेर अमेरिकामा नागरिकहरुले बन्दुक बोकेरै प्रदर्शन गरेका छन् । जसलाई ट्रम्पले समर्थन समेत गरे । 

अमेरिकामा लकडाउनविरुद्ध बन्दुक बोकेर प्रदर्शन, ट्रम्पले गरे समर्थन

युरोप अमेरिका विकसित देशहरुको अर्थतन्त्र धरासायी बनेको छ । करोडौ मानिसहरु बेरोजगार भएका छन् । कम्पनीहरु टाट पल्टिने अबस्थामा छन् । कोरोनाका भाइरसले भन्दा नि मानसिक कारण र भोकमरीले धेरै मानिसको ज्याने जाने खतराको अबस्था सृजना हुदैछ । कोरोना भाइरसलाई रोक्न विश्वका शक्तिशाली देशहरु असम्भव भएका छन् ।

उत्पादन क्षेत्र उद्योग कृषि क्षेत्र ठप्प बन्दै गइरहेका छन् । मनोवैज्ञानिक त्रासले मानिसहरु मानसिक रोगी बन्ने अर्को खतरा छ । त्यसैले अब अर्थतन्त्र भन्दा पनि मानिसको ज्यान जोगाउने हो भने कोरोना संक्रमणको क्षेत्र स्थान हेरेर लकडाउन मोडल परिवर्तन गर्नुको अर्को विकल्प छैन । उत्पादन र उद्योग क्षेत्रमा लकडाउन खुकुलो बनाएर सञ्चालन गर्नुपर्दछ । कृषि क्षेत्रलाई नयाँ प्याकेजहरु ल्याएर युवालाई कृषि क्षेत्रमा लगाउनुपर्दछ । 

लाखौंको रोजगारी गुम्दा श्रम सम्बन्ध खल्बलिने चिन्ता

नेपालजस्तो विकासोन्मुख देशहरुमा कोरोनाको कारण भोकमरीसँगैको अर्को बिद्रोह को प्रवल सम्भावना छ, त्यसैले लकडाउनलाई नेपालले खुकुलो पार्दै कृषि उत्पादनमा जोड र उद्योग कलकारखाना तुरुन्तै सञ्चालनमा ल्याइनुपर्दछ । कोरोनाकै कारण अबको दुई तीन महिनामा नाका बन्द गर्नै पर्दैन आफै बन्द हुन्छ । सबै देशले पहिलो आफ्नो देशका नागरिकका लागि सोच्छन् त्यसपछि मात्र अरु देशका लागि । त्यसैले आफ्नै देशका जनता पाल्न आफ्नै उत्पादनले सबै देशलाई पूर्णत पार्ने अबस्था छैन । त्यसैले नेपाल सरकारले दूरदर्शी भएर लकडाउनलाई खुकुलो बनाउदै कृषि उत्पादन क्षेत्रलाई विशेष जोड दिदै जनजीवनलाई सहज बनाउनुको अर्को विकल्पै छैन ।

 के कोरोना भाइरस मानव निर्मित जैविक हतियार हो ? विश्व नै अनुत्तरित छ

अमेरिका र चीनबीच कोरोना भाइरसका कारण एकले अर्कालाई आरोप प्रत्यारोप लगाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले शुरुमा यसलाई चाइनीज भाइरस भनेर आरोप लगाएका थिए पनि चीनका सैनिक जनरलले अमेरिकाका सेनाले चीनको वुहानमा भएको सैनिक अभ्यासका क्रममा भाइरस छोडेको बताए ।

काेराेना अमेरिकी जैविक हतियार भएको रुसी वैज्ञानिककाे दावी

कोरोना भाइरसको संक्रमण खासै त्यति जटिल भने नभएको डब्लुएचओले दिएका यसको संक्रमणका प्रकारबाट प्रष्ट हुन्छ । सामान्य रुघाखोकी ज्वरो आउने प्रकृतिको यो भाइरस जंगली जनावरबाट सरेको विश्वका सबै वैज्ञानिकहरुको एकमत छ र मुख्य गरी चमेरोबाट यो भाइरस आएको भन्ने छ ।

तर कोरोना भाइरसलाई तैस्रो विश्वयुद्धको हतियारको रुपमा प्रयोग भएको भन्ने रिपोर्ट र भनाइहरु सार्वजनिक हुन थालेका छन् । ल्याबबाट परीक्षण गर्दा त्रुटिबस मानव समुदायमा फैलिएको भन्ने बिद्धानहरु पनि छन् । तर पनि ठोकुवाका साथ यसै हो भन्न भने विश्वका ठूला ठूला वैज्ञानिकहरुले सकेका छैनन् ।

कोरोना महामारीमा जिम्मेवार देखिए चीनले त्यसको परिणाम भोग्नुपर्छ : ट्रम्प

डब्लुएचओ भन्छ यसको संक्रमणको दर रोक्ने एउटै विधि लकडाउन हो । तर यो कहिलेसम्म भन्ने कुरा आफैमा स्पष्ट छैन । कहिले यो ठाउँ इपिसेन्टर बन्छ भन्छ छिनमा यो देश । पछिल्लो समय अफ्रिका मुलुक कोरोना भाइरसको इपिसेन्टर बन्दैछ भन्छ, जहाँ कम्तीमा तीन लाख मानिसको मृत्यु हुन्छ भनेर पूर्व सूचना दिइरहेको छ ।

जापानको स्वास्थ्य प्रणाली ध्वस्त हुनसक्ने डाक्टरको चेतावनी

अमेरिकाको न्युयोर्क कोरोनको इपिसेन्टर हुन्छ भनेको प्रमाणित हुदैछ । अमेरिकामा लकडाउन खुकुलो गर्दा कम्तीमा २ लाख मानिस मर्ने डब्लुएचओले पूर्वानुमान गरेकै थियो । जुन कुरा पछिल्ला दिनहरुमा हो जस्तै हुदै गइरहेको छ ।

अमेरिकको हवार्ड विश्वबिद्यालयका अनुसन्धानकर्ताहरुले कोरोनाबाट बच्ने उपाय भनेको सामाजिक दुरी नै हो भनेका छन् । २०२२ सम्म यो कायम गर्नुपर्ने रिपोर्ट निकालिरहेका छन् । यसको खतरा २०२४ सम्म रहन्छ भनेका छन् ।  यता ट्रम्प लकडाउनलाई निरन्तरता दिइरहेने पक्षमा छैनन् । लकडाउन नगर्दा २ २ देखि ५ लाख अमेरिकीको मृत्यु हुने ट्रम्पको अनुमान छ तर लकडाउन गर्दा बिसौ लाख मानिस भोकले मर्ने उनले बताउँदै आएका छन् । जसको फलस्वरुप लकडाउन खोल्नुपर्दछ भनेर अमेरिकामा नागरिकहरुले बन्दुक बोकेरै प्रदर्शन गरेका छन् । जसलाई ट्रम्पले समर्थन समेत गरे । 

ट्रम्पले डब्लुएचओले गलत सूचनाका कारण अमेरिकामा कोरोनाको संक्रमणले भयावह रुप लिएको बताएदै डब्लुएचओलाई दिएको सहयोग बन्द गरेका छन । चीनका लापरवाहीले भाइरस फैलिएको प्रमाणित भए ठूलो मूल्य चुकाउनुपर्ने धम्की समेत दिन थालेका छन् ।

जैविक र रासायनिक हतियार वैज्ञानिक ईग्नोर निकुलिनले अमेरिकाले जैविक हतियारको रुपमा कोरानाभाइरस उत्पादन गरेको बताउँदै त्यसको अरु रुपान्तरित संस्करण पनि तयार गरेको दाबी गरेका छन् । चीनमा कोरोना देखा पर्नासाथ अमेरिकाले गणीतिय रुपमा फरवरी महिनासम्म २ लाख मानिस संक्रमित हुने र १ लाख मर्ने भविश्यवाणी गर्नु, भाईरसले फरकफरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकि लाग्नु र कतै कुनै लक्षण नदेखिएर यसले मानिस मार्नु, एकपटक निको भइसकेका व्यक्तिहरुमा यो पुनः संक्रमित हुनुजस्ता कुराहरुले यो भाईरस प्राकृतिक नभएको पुष्टि हुने उनको दाबी छ ।  

Must View