नागरिक पोष्ट News


कोरोनाबाट विदेशमा नेपालीको २८ जनाको मृत्यु , १ हजार बढी संक्रमित

1.7K

७ वैशाख, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट  विदेशमा  २८ नेपाली  गैरआवासीय नेपाली (एनआरएनए) को मृत्यु भएको छ ।

एनआरएनले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।

संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हङकङमा एकएक जना रहेको उपसमितिले जनाएको छ 

Must View