नागरिक पोष्ट News


बाग्लुङ्की ६५ वर्षीया कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइन्

1.8K

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङका ६५ वर्षीय मनकुमारी पौडेल निको भएर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसुलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । डिस्चार्जपछि पौडेलले आफ्नो आत्माबल दरो बनाएर कोरोना भाइरसलाई जित्छु भन्ने अठोट गरेकै कारण संक्रमण मुक्त हुनसकेको प्रतिकृया दिनुभयो ।

१६ दिनसम्म अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा पर्याप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधीहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताउनुभयो । आफ्नै घर नजिकको अस्पतालबाटै कोरोनाको उपचारपछि फर्कन पाउँदा खुसी लागेको भन्दै पौडेलले संक्रमण लाग्दै नदिनका लागि सबै उपाय अपनाउन र लागीहालेपनि नआत्तिन सबैलाई आग्रह गर्नुभएको थियो ।

Must View