जनकपुरधाममा पैसा छर्ने महिला पक्राउ, र्यापिड टेस्ट पोजेटिभ आयो
2K
जनकपुरधाम ६ स्थित महाबीर चोकमा १० रुपैयाँको नोट छरेर भागेकी दुई महिलालाई शनिबार प्रहरीले जानकीनगरस्थित घरबाटै पक्राउ गरेको छ । साथै दुई महिलामध्ये एक जनाको र्यापिड आरडीटी विधिबाट गरिएको परीक्षणमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । यी दुवै जना नन्द र भाउजु हुन् ।
दुबैलाई नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल जनकपुरधाम लगी स्वास्थ्य परीक्षण गराउँदा एक जनाको र्यापिड टेस्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।