नेपालमा कोरोना भाइरसले महामारी रुप लिन नसक्ने प्रधानमन्त्रीको दाबी
1.4K
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस को संक्रमणले महामारीले रुप लिन नसक्ने बताएका छन् ।
राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पुर्याइएको तथा सङ्क्रमित र संक्रमण सम्भावितको खोजीखोजी आरडीटी र पीसीआर दुवै परीक्षणलाई तीव्रता दिइएकाले भयावह रुप लिन सक्ने अवस्था नरहेको बताए । नेपालमा संक्रमणबाट सुरक्षित समयमै लकडाउन, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएको प्रधानमन्त्रीले बताए ।