नागरिक पोष्ट News


नेपालमा दोस्रो कोरोना संक्रमित १९ वर्षिय युवती निको भएर घर फर्किइन्

2K

काठमाडौं, वैशाख ६ । ‘कोभिड–१९’ को संक्रमण देखिएका काठमाडौंकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत् रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार संक्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् । 

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

फ्रान्सदेखि  कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना  सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Must View