नागरिक पोष्ट News


नेपालमा कोरोना संक्रमित ३० जना को को हुन् हेर्नुहोस् (सूचीसहित)

1.6K

नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३० पुगेको छ । विश्व महामारी बनेको कोरोना भाइरसका थप संक्रमित पहिचान भएसँगै संक्रमित संख्या ३० पुगेको हो ।

कोरोना संक्रमितमध्ये एकजनाबाहेक सबैजना विदेशबाट आएका नेपाली र विदेशी नागरिक हुन् । उनीहरु युरोप, खाडी मुलुक, चीन र भारतबाट फर्केकाहरु रहेका छन् ।

संक्रमित मुस्लिम धर्मगुरुहरु दिल्लीस्थित निजामुद्दीनको तबलिग जमात धार्मिक समुदायसँग सम्बन्धित हुन् । उनीहरुको सम्पर्कमा रहेकाहरुलाई पनि नियन्त्रणमा लिइएको पुष्टि भएको छ ।

पहिलो कोरोना भाइरसबाट संक्रमित चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तेस्रो संक्रमित ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

पाचौं संक्रमित बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको थियो । उनी बाग्लुङकी हुन् ।

छैठौं संक्रमित फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको हो । उनी पनि बाग्लुङकै हुन् ।

सातौं संक्रमित भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् । उनी रोजगारीका लागि मुम्बईमा थिए । लकडाउन अगाडि नै नेपाल फर्किएको बुझिएको छ ।

आठौं संक्रमित उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनी पनि कामको सिलसिलामा उत्तराखण्ड पुगेको र कोरोना रोकथामका लागि लकडाउन भएपछि फर्किएका हुन् ।

नवौं संक्रमित ३४ वर्षीया महिला नेपालभित्र नै रहँदै आएकी हुन् । संक्रमित ३४ वर्षीया महिला यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषका आफन्त हुन् । दुबईबाट फर्किएका ती पुरुषबाट ती महिलामा संक्रमण सरेको बुझिएको छ ।

१० औं संक्रमित वीरगञ्जको मस्जिदमा भेटिएका थिए । उनी भारतीय नागरिक हुन् ।

११ औं संक्रमित भारतीय नागरिक पनि वीरगञ्जको मस्जिदमा भेटिएका हुन् ।

१२ औं पनि वीरगञ्जको मस्जिदमा भेटिएका पुरुष हुन् ।

१३ औं संक्रमित रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको हो । उनी भारतबाट लकडाउनका समयमा लुकिछिपी प्रवेश गरेको खुलेको छ । इशनाथ नगरपालिका ५ मोतिपुरका ती युवक दिल्लीाट फर्किएको पुष्टि भइसकेो छ ।

१४ औं संक्रमित कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको हो । उनी वीरगञ्जबाट बसको यात्रा गरी कैलाली पुगेकी हुन् । उनीपनि तीर्थयात्राबाट फर्किएको बुझिएको छ ।

१५ औं संक्रमित काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको हो । उनी बेलायतबाट फर्केका परिवारका सदस्य हुन् ।

१६ औं संक्रमित काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको हो । उनीपनि बेलायतबाट फर्केका परिवारका सदस्य हुन् ।

१७ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष हुन् ।

१८ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष हुन् ।

१९ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष हुन् ।

२० औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष हुन् ।

२१ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष हुन् ।

२२ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष हुन् ।

२३ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष हुन् ।

२४ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष हुन् ।

२५ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष हुन् ।

२६ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष हुन् ।

२७ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष हुन् ।

२८ औं संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष हुन् ।

२९ औं संक्रमित २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए ।

३० औं संक्रमित ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै बेलायतबाट फर्किएकी थिइन् ।

Must View