नागरिक पोष्ट News


काठमाडौंमा कोही भोकै बस्नुपर्दैन, खानकै समस्या भए ११८० र ११३१ मा फोन गर्नुस् - नगरपालिका फोरम

1.9K

लकडाउनका कारण कोही पनि मजदुरलाई उपत्यका नछाड्न उउपत्यका नगरपालिका फोरम काठमाडौँले  आग्रह गरेको छ । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप(प्रमुखहरु संलग्न नगरपालिका फोरमले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । खानकै लागि समस्या भए टोल फ्रि  नं. ११८० र ११३१ मा फोन गर्न सबैमा अपील समेत गरेको छ ।  ‘यस्तो प्रतिकुल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडी सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ(आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई रासन वितरण तथा अन्य प्रयास गरिरहेका छन् उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरण गरेको विदितै छ ।’

Must View