सरकार अब व्यावहारिक बनौँ: कोरोनाको कारण गरीब र मजदुर वर्गले सास्ती पाए- प्रचण्ड
सरकारले मूलभूत रुपमा यो लकडाउनलगायतका अरु कार्यक्रमहरु समयमै ल्याएको छ । र, जनतामा यो रोगको संक्रमण हुनबाट रोकथाम गर्नतिर लागेको छ भन्ने कुरामा म प्रष्टै छु । तर, यसलाई अझै भोलि फेरी समस्या बढ्न पनि सक्छ । त्यसको निम्ति सबै शक्तिहरु राम्रो समझदारी बनाउने, सहमति गर्नेतिर लाग्नुपर्छ ।
Cover Photo : http://www.farakpatra.com/
कोरोनाको कारण मजदुर, गरीबहरुको स्थिति देख्दा भावुक हुन्छु : प्रचण्डसरकार अब व्यावहारिक बनौँ
यो महामारीको प्रकृति हेर्दा यसको विश्वव्यापी स्थिति हेर्दा नेपालमा पनि विस्तारै खाली विदेशबाट आएकालाई मात्रै होईन, नेपालमै भएकालाई पनि संक्रमणका केही संकेतहरु देखिए, त्यसले गर्दा जतिसुके अप्ठ्यारो भएपनि लकडाउनलाई एउटा मुख्य हतियारको रुपमा हामीले प्रयोग गर्नैपर्ने देखिन्छ । अझै केही समय । अब त्यो सरकारले सबै स्थिति बुझिराखेकै छ । केही समय अझै हामीले धैर्यता लिर्नैपर्ने छ । केही समय पीडा भोग्नैपर्ने स्थिति छ ।
तर, दोस्रो कुरा दैनिक ज्यालादारी गर्ने, जनताको समस्याको सम्बोधन गर्ने उपाय, र केही मानिसहरु शहरबाट घर जान चाहन्छन्, तिनलाई उच्च सतर्कताका साथ घर जाने वातावरण बनाईदिने, किसानहरुको समस्यापनि सरकारले केही उच्च सतर्कताका साथ गरिदिने । व्यवहारिक पनि बन्नुपर्छ । यी दुई वटा कुरातिर हेरियो भने नेपाली जनताले फेरि पनि हामीलाई साथ दिन्छन् । नेपाली जनताहरु धेरै दुःख, कष्ट, विपद्हरु भोगेर आएका छन् । धेरै बलिदानीहरु गरेको जनता हुन् । नेपाली जनताले नबुझ्ने कुरा छैन् । यस्तो विषयमा नेपाली जनता संसारका सबैभन्दा सचेत जनताभित्र पर्छन् । यो कुरा बझेर मैले नेपाली जनताले सरकारलाई, पार्टीलाई र नेतृत्वलाई साथ दिन्छन् भन्ने विश्वास लिएको छु ।
चाहे त्यो अमेरिकामा होउन्, चाहे युरोपमा होउन् । चाहे मध्यपूर्वमा होउन् । जहाँ होउन् उहाँहरु यो समस्यासँग जुधिरहेका छन् । हामी नेपाली भएको नाताले संसारको जुनसुकै कुनामा बस्ने नेपालीहरुको समस्याप्रति गम्भिर छौं । कतिपय देशले तिमीहरु आफ्नो देश जाउ भनेको पनि सुनिन्छ । त्यस्तो अवस्थामा हामीले कुनै न कुनै उपाय अपनाउनुपर्छ । पार्टीहरुले, सरकारले र हामीले सोच्नुपर्ने हुन्छ । नेपालीप्रति हाम्रो विशेष दायित्व छ । यो बेलामा विभिन्न देशमा रहेका नेपालीहरुले आफ्नो अनुशासन पालना गरेर यसकाविरुद्ध जुध्नको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता प्रदर्शन गर्ने कुरामा पनि नेपालीहरुले एउटा उदाहरण प्रस्तुत गर्नुपर्छ । हामी सबैको आ–आफ्नो दायित्व छ । सबैले मिलेर यो समस्याको सामना गर्नुपर्छ ।”
काठमाडौंबाट हिँडेर सप्तरी, सुनसरी जाने भनेर मान्छेहरु बाटो लागेका छन् । कुम्लो, कुटुम्बो बोकेर हिँडेका छन् । त्यो देख्दा बडो भावुक पनि हुने गरेको छु । त्यसकारण ती सबै जनताप्रति, मजदुरहरुप्रति, गरिब जनताप्रति मेरो विशेष सहानुभूति छ । उहाँहरुलाई सरकारको तर्फबाट राहतको घोषणा पनि भएको छ । साथसाथै, मैले निजी क्षेत्रका व्यवसायीहरु, अलि पुँजीपतिहरुलाई यस्तो बेलामा, किनकी यो कोरोनाले त अहिले पुँजीपति पनि भनेको छैन्, मजदुरपनि भनेको छैन् । यो जातिपनि भनेको छैन् । त्यो जातिपनि भनेको छैन् । यो देशपनि भनेको छैन् । त्यो देशपनि भनेको छैन् । यो धर्मपनि भनेको छैन् । त्यो धर्मपनि भनेको छैन् । संसारका मानिसमाथि मात्रै त्यसले एकै ढंगले आक्रमण गरेको छ । कुन ठूलो पदको रु कुन सानो पदको रु भनेर पनि त्यसले भेद छुट्याएको छैन् । यस्तो बेलामा हामीले अलिकति मानवीय हृदय खोलेर त्यस्तो निजी व्यवसायीहरुलाई अगाडि आउन र मजदुर र सबै निमुखाहरुलाई सहयोग गर्न अलिक मुठ्ठी खोल्न मैले सुरुमा पनि अपिल गरेको थिएँ । म आजपनि फेरि भन्न चाहन्छु ।
के र छ त धन भनेको ? हामीले भुकम्पको बेलामा एकचोटी भोग्यौं । सब घर, बंगला भनेजति सब भागभाग भयो । हामी सबै चौरमा पुग्यौं । सबै टेन्टमा बस्यौं । भुकम्पले झण्डैझण्डै सबैलाई समाजवाद आयोजस्तो बनाईदियो भनेर हामीले नेगेटिभ्ली टिप्पणी गरेको पनि सुन्यौं । अहिलेपनि मान्छे मात्रैलाई एकतावद्ध होउ भनेर नेगेटिभ्ली सन्देश दिएको जस्तो फिल हुन्छ । तिमीहरु चाहीँ यो अहंकार नगर । धनी छु भनेर घमण्ड नगर । ठूलो पदमा छु भनेर घमण्ड नगर । तिमी केही नै होईनौं । तिमीहरु मान्छे सबै एउटै हौ भनेर शिक्षा दिएजस्तो लाग्छ । त्यो बुझेर चाहीँ त्यस्ता निजी व्यवसायीहरुले यो बेलामा मुठ्ठी खोल्नुपर्छ भनेर म अनुरोध गर्न चाहन्छु
(प्रस्तुत विचार प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग अध्यक्ष प्रचण्डले व्यक्त गरेको विचारबाट सम्पादन गरि प्रकाशन गरेका हौँ ।)