नागरिक पोष्ट News


भारतमा कोरोना कारण चार सय ३७ जनको मृत्यु , संक्रमित १३ हजार

2.3K

भारतमा कोरोना भाइरस (कोभिड-१९) का  कारण चार सय ३७ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । संक्रमितको संख्या १३ हजार नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो ।

महाराष्ट्रमा सबैभन्दा धेरै एक सय ९४ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा ५३ जनाको मृत्यु भएको छ । त्यस्तै, दिल्लीमा ३८ र गुजरातमा ३६ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने आठ सयभन्दा बढी संक्रमित भेटिएका छन् । त्यस्तै, भारतको उत्तरी राज्य बिहारमा अहिलेसम्म ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको भाइरसको कारण मृत्यु भएको छ ।

Must View