नागरिक पोष्ट News


र्‍यापिड टेष्टमा १२ जनामा कोरोना पोजेटिभ, थप पीसीआर टेष्ट गरिदै

1.5K

काठमाडौँ, ५ वैशाख । द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण परीक्षण सुरु भएसँगै बाग्मती प्रदेशमा १२ जनामा पोजेटिभ देखिएको छ ।

मन्त्रालयका प्रबक्ता एवं बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईले ९९४ जनामा आरडीटीबाट जाँच भएकोमा काठमाडौँ जिल्लामा ३१ वर्षीया महिलामा पोजेटिभ देखिएको बताएका छन् । उनले भने, इटालीबाट फर्किएका बुढानिलकण्ठ नगरपालिकाका ती महिलाको पीसीआर विधिबाट परीक्षण हुनेक्रममा रहेको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको छ ।

 कैलालीको धनगढीस्थित प्रयोगशालामा परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएपछि पुन परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

सुर्खेतबाट पठाइएको रुकुम पश्चिमका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि पुनपरीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए ।

कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, चितवन, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो । हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण दुई हजार २५४ जना गरिएकोमा पोजेटिभ भेटिएका आठ जनामध्ये दुई जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ पाइएको थियो । (गोरखापत्रबाट)

हेटौँडामा चार जनामा ‘आरडिटी पोजेटिभ’

कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो ।

मोरङकी युवतीमा देखियो कोरोना एन्टीबडी पोजेटिभ

भारतबाट फर्किएको २४ दिनपछि मोरङमा एक युवतीमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ । अस्पतालले युवतीमा कोरोना रहेको वा नरहेको निश्चित गर्न प्रयोगशालामा पठाउँदै छ । त्यसको नतिजा शुक्रबारै आउनेछ ।

Must View