नागरिक पोष्ट News


मौसम यस्तो डरलाग्दो : मौसम पूर्वानुमानद्धारा आकस्मिक चेतवानी, सचेत रहन आग्रह

3.8K

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले  बिहानैदेखि मौसम डरलाग्दो अवस्थामा पुगेको जनाएको छ । नेपालमा हाल स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । 

 दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख गरिएको छ । यसैगरी, राति देशभर आंशिक देखि सामान्य बदली रहने र देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०१-०४, बिहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पूर्वी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख ४ गते (बिहीबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य बदली  रहने छ।  देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ५ गते (शुक्रबार)

दिउँसोः  देशभर सामान्यतया बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ६ गते (शनिबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

Must View