बैशाखमै बाढी आयो, गुल्मीमा बन्दै गरेको पक्की पुल भत्कियो
2.1K
गुल्मीमा बुधबार पानी परेसँगै बढीघाट खोलामा आएको बाढीका कारण बन्दै गरेको पक्की पुल भत्किएको छ । बाढीका कारण गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ७ जोड्नका लागि बन्दै गरेको पक्की पुल दोस्रो पटक फेरि भत्किएको हो ।
बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताउनुभएको छ ।
बाढीले पौदीअमराई र कल्यार जोड्ने पक्की पुलमा समेत क्षति पुर्याएकाे छ । बाढीले पुलको तल्लो ढलानमा क्षति गर्नुका साथै फर्मा, फलामका पाइप, जेनेरेटर, हुइम पाइप समेत बगाएको छ ।
त्यसैगरी छल्दी खोलामा आएको बाढीले इस्मा गाउँपालिका र धुर्कोट गाउँपाालिका अन्तर्गत चौरासी–धुर्कोट जोडने पक्की पुल पनि उच्च जोखिममा रहेको निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।