नागरिक पोष्ट News


विश्वमा भइरहेका सैन्य सङ्घर्ष रोक्न माग

1.5K

बैशाख ४, २०७७ बिहिबार 

फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्रोनले एक अन्तवार्तामा संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरसको अपिलको समर्थन गरेका छन् । फ्रान्सका राष्ट्रपति माक्रोनले कोरोना भाइरसको महामारी रोक्नका लागि विश्वभरमा भइरहेको सबै सैन्य सङ्घर्ष रोक्नुपर्ने बताएका छन् । 

संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का सबै पाँच देशले यो अपिलको समर्थन गर्नुपर्नेमा माक्रोनले जोड दिएका छन् । फ्रान्समा कोरोनाको सङ्क्रमणबाट १७ हजार एक सयभन्दा धेरैको ज्यान गएको छ । 

यसअघि पनि राष्ट्र सङ्घले पटक पटक विश्वमा भइरहेका युद्ध तत्काल राेक्न माग गर्दै आएकाे छ । 

Must View