नागरिक पोष्ट News


कोरोना संक्रमण देखिएन गोरखा आरुघाटका युवकमा

1.6K

काठमाडौं । र्‍यापिड टेस्टमा पोजेटिभ नतिजा देखिएको गोरखाको आरुघाट गाउँपालिकाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको गोरखा अस्पतालका कोभिड १९ फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।

गोरखा — र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ   देखिएको थियो

आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय यी युवा फागुन २३ गते बहराइनबाट फर्किएका थिए। उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ। विदेशबाट फर्किएको ४० दिनपछि उनमा संक्रमण देखिएको हो।

Source : Kantipur Daily

Must View