नागरिक पोष्ट News


देशभर १५ हजार ८०० ओटा कोरोना परीक्षण, ११७ जना ‘आइसोलेसन’मा

1.6K

काठमाडौं, वैशाख ३ । नेपालमा हालसम्म १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा पाँच, काठमाडौंमा चार, वीरगन्जमा चार तथा बागलुङमा दुईजना संक्रमितको उपचार भइरहेको बताए ।

सुरुका संक्रमित एकजनालाई भने उपचारपछि यसअघि नै निको भइसकेको छ । डा. देवकोटाले अहिलेसम्म नेपालमा १५ हजार ८०० ओटा परीक्षणहरु गरिएको जानकारी दिए ।

सोअनुसार घाँटीको स्वाबको नमुना परीक्षण छ हजार ८७१ र ‘आरडीटी’बाट आठ हजार ९२९ ओटा परीक्षण भएका हुन् ।

त्यस्तै, काठमाडौंमा ११ सहित ११७ जनालाई ‘आइसोलेसन’मा राखिएको छ । पाँच हजार ६१४ जना ‘क्वारेन्टाइन’मा बसेका छन् ।

१४ जिल्लाबाहेक सबै जिल्लामा आरडीटीबाट परीक्षण भइरहेको डा. देवकोटाले बताए ।

Must View