नागरिक पोष्ट News


लकडाउनलाई थप कडाइ गर्दै सरकारले कोरोनाको परीक्षण, पहिचानलाई तीब्र गर्दै

1.5K

काठमाण्डौ - सरकारले लकडाउनलाई कडाइ गर्दै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचारलाई तीव्रता दिने भएको छ ।  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडाइ गर्ने भएको हो ।

लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘सङ्क्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने सरकारले निर्णय समेत गरेको छ ।

बैठकले औषधी र स्वास्थ्य सामग्री एवं उपकरणहरुको आयातको क्रममा निजी क्षेत्रबाट आयात गर्ने कुरालाई सहजीकरण गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रायल मातहतको निकायबाट खरिद गर्ने प्रकृयालाई निरन्तरता दिने, सरकार/सरकारबीचको प्रकृयाबाट ल्याउने कार्यलाई पनि अगाडि बढाउने जनाएको छ ।

Must View