शुक्रबार बेलुकासम्म चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना - मौसमविद, सचेत रहनुहोला
2.1K
मौसम पूर्वानुमान महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य तथा पूर्वका केही स्थानहरू एवं पश्चिमी भू(भागका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।
देशको मध्य र पूर्वका अधिकांश भू-भागमा र पश्चिमका केही भू-भाग पूर्ण बदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ र बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानका साथै पूर्वी भू-भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।