नागरिक पोष्ट News


कोरोना कहर: मानवीयता देखाऔं, बाटोमा पैदल हिडेकालाई मनैदेखि सहयोग गरौ, खाजा पानी खुवाआौं

4.3K

- भरतराज उप्रेती

कोरोना भाइरसका कारण विश्व आतंकित छ । यसको मारमा नेपाल पनि परेको छ । कोरोनाका मारमा सबैभन्दा बढी ज्यालादारी गर्ने मजदुरहरु परेका छन् । केही कमाएर परिवार धान्न सहर र सदरमुकाम आउनेहरुको अहिले बिचल्ली परेको छ । सरकारले राहतको आश्वसन त देखाएको छ तर त्यो मजदुर वर्गका लागि हात्तीको देखाउने दाँत मात्र भएको छ । कतिपय ठाउँमा राहत लिन उनीहरुलाई थाहा नै छैन । कतिपय ठाउँमा उनीहरुसँग नगरपालिका वडाले तेर्साएका शर्तहरु पूरा गर्नै नसक्ने अबस्था छ । राहत लिनका लागि नागरिकता चाहिने, घरबेटीले सिफारिस गर्नुपर्ने वा घरबेटीलाई सँगै लिएर जानुपर्ने अवैज्ञानिक व्यवस्थाले गर्दा उनीहरु पीडामाथि पीडा खेप्न बाध्य छन् ।

जसका कारण अहिले काठमाडौं ललितपुर भक्तपुर लगायतका जिल्लाबाट उदयपुर, सुनसरी नेपालगञ्ज लगायतको सयौ किलोमिटरको यात्रा गर्न उनीहरु विवश छन् । दिउँसो सुरक्षाकर्मीले जान दिदैनन् । त्यसैले बेलुका ९ बजेदेखि उनीहरु ज्यानको जोखिम मोलेर गाउँ घर फर्क अभियानमा लागेका छन् । हजारौ मजदुरहरु यो लकडाउनको बेलामा फिते चप्पल र पानीको भरमा यात्रा गर्दैछन् ।  बिपत्ति त राज्यमाथि पनि परेको छ तर सरकारले दूरदृष्टि लिन नसक्दा मजदुर वर्ग र गरी खाने वर्गहरुका लागि यो कोरोना कहर भन्दा पनि लकडाउन सास्ती बन्दै गइरहेको छ । हरेक राती दर्जनौको संख्यामा लालाबाला च्यापेर न्युनतम ५ ७ दिनको बाटोको यात्रामा निस्किरहेको दृश्य सञ्चार माध्यमहरुमा प्रकाशित भइरहेका दृश्यले मुटु नै गाँठो परेर आउँछ । के गर्ने सरकारले मजदुर वर्गका लागि सुरक्षित यात्राको व्यवस्था गरिदिन सकेको भए यस्ता पीडादायी दृश्य र कथा व्यथा देख्न सुन्न र हेर्न पर्दैनथ्यो होला ।

अझ सरकारको गैरजिम्मेवारी यहाँसम्मकी सरकारी संयन्त्र बाहेक व्यक्तिगत, संस्थागत कोरोनाबाट पीडितलाई खाद्यान्न लगायत अन्य सहयोग गर्न नपाइने निर्देशन छ । यसले गर्दा सहयोगी मन भएकाहरुले पनि खुलेर खरीब दुखीहरुलाई सहयोग गर्न पाएका छैनन् । तर यो कोरोनाको युद्धमा अब मानवीयता भने देखाउने बेला आएको छ । जो जहाँ छ, आफ्नो ठाउँबाट गरीब दिन दुखीहरुका लागि दिज खोलेर सहयोग गर्नुपर्ने बेला आएको छ । धन सम्पत्ति त पछि कमाइएला, तर अहिले ज्यान बचाउने अभियानमा दुख पीडा खेप्दै सयौं किलोमिटर यात्रामा रहेकाहरुको लागि खाजा र पानीको मात्र भए पनि गाउँ गाउँ जिल्ला जिल्लाबाट सहयोग गर्नका लागि नहिच्किाऔं, नडराऔं । मानवले मानवलाई सहयोग गर्ने बेला हो । त्यसैले सरकारको जारी गरेको लकडाउनलाई पनि पालना गरी भोका नांगा मजदुर वर्गलाई गाउँ ठाउँबाटै सहयोग गरौं । धर्म कमाउने बेला यही हो । कुनै ठूलो तीर्थ ब्रत गर्नुपर्दैन । 

 लकडाउनका कारण पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुलाई बाटोमा खाना, खाजा र पानीको व्यवस्था मिलाउन गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशले पनि स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

सबैले यो बेला सहयोगको हात बढाऔं । मानवीयता देखाऔं, पूण्य कमाऔं । तपाईको यो गुण इतिहासले भुल्नेछैन । सहयोग पाउनेले पनि भगवान् मान्नेछ । यो महामारीमा सबैले मानवता प्रदर्शन गरौं । मानवता देखाउने सही बेला पनि यही हो । गरीब र दीनदुखीका लागि सहयोग र सेवा गर्ने यो भन्दा ठूलो अवसर अर्को आउदैन ।

यो समाचारसँग केही सम्बन्धित लिंकहरु पनि हेरौं

पैदलयात्रुलाई बाटोमा खाना खुवाउन स्थानीय तहलाई आग्रह - Onlinekhabar

साँगाबाट फर्काइएका मजदुर भन्छन्– 'कोठामा अन्न छैन, घरबेटीले बस्न दिँदैनन्

काठमाडौं छाड्नेको ताँती (फोटो फिचर)

‘काठमाडौंमा भोकले मर्नुभन्दा बौलाउनु निको’

गाईको भोक मेटाउन भौतारिएका रामबहादुरको दुःख

घर फर्केका मजदुरलाई चितवनमा निशुल्क खाना

मजदुरलाई रोगभन्दा भोक सहन गाह्रो

लकडाउनमा सानोकान्छाको दैनिकी : न राहत, न हात !

कोरोना पर्वमा राहतको जात्रा

-  बलराम सिटौला

 

Must View