काठमाडौं पेप्सीकोलाको एकै परिवारका दुई जनामा लक्षण बिनै कोरोना देखियो, ५ सय परिवार त्रासमा
1.6K
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार तीन मध्ये दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।
संक्रमित परिवारका तीन जना परीक्षणका लागि मुलपानी नगर अस्पतालमा आएका थिए । नगरप्रमुख थापाका अनुसार अस्पताल आउँदा तीनैजना सामान्य अवस्थामा थिए ।
एकै परिवारका तीन जनामा र्यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई हिजो पाटन अस्पताल भर्ना गरिएको छ । प्रहरीले उक्त अपार्टमेन्टलाई सील गरेको छ । यसैबीच सोही अपार्टमेन्टमा बस्दै आएका एक युवा काभ्रेको धुलिखेल पुगेपछि उनीमाथि प्रहरीले निगरानी बढाएको छ ।