नागरिक पोष्ट News


लकडाउन कम्तीमा दुई हप्ता लम्बिने, लकडाउन कडाई गर्न प्रधानमन्त्रीको निर्देशन

2.2K

काठमाडौं, २ वैशाख ।

नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा लकडाउन लम्बिने भएको छ । त्यसका लागि ११ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकले लकडाउन एक हप्ता देखि दुई हप्तासम्म लम्ब्याउनेबारे निर्णय हुने स्रोतले जानकारी दिएको छ । भारतमा कोरोना संक्रमण फैलिइरहेको र नेपालमा पनि थप संक्रमित भेटिएको अवस्थामा लकडाउन अझ कडा हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमामा अझ कडाई गर्न निर्देशन दिइसकेका छन् ।  भारतमा लकडाउनको समय थप्ने तयारी भइरहेको छ । १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैछन् ।

Must View