काठमाण्डौ पेप्सिकोलामा एकै परिवारका ३ जना कोरोनाको संक्रमण देखियो, पुष्टि हुन बाँकी
1.9K
काठमाण्डौ - काठमाण्डौको पेप्सिकोलामा बस्ने एकै परिवारका ३ जनालाई कोरोना भाइरस सङ्क्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको छ ।
र्यापिड टेष्टमा पोजेटिभि देखिएपछि उनीहरुलाई ललितपुरको पाटन अस्पतालमा लगिएको छ । उनीहरुको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन लागिएको जानकारी आएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेलायतबाट आएका हुनाले उनीहरुको स्वास्थ्यबारे यसै भन्न सकिने अवस्था छैन । कोरोनाको आशंका गरिएका ३ जना केही समय अगाडि मात्रै बेलायतबाट नेपाल आएका थिए ।