नागरिक पोष्ट News


होशियार, विज्ञ भन्छन्– सेनीटाइजर र स्प्रेको बढी प्रयोगले क्यान्सरको जोखिम बढाउने

3.1K

अहिले कोरोना भाइरसबाट बच्नका लागि सेनीटाइज र डिस–इन्फेक्सन स्प्रेको प्रयोग गरिदै आएको छ । तर यसरी प्रयोग भएका कतिपय सेनीटाइजर र स्प्रे स्वास्थ्यका लागि हानिकारक रहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । सार्वजनिक स्थलहरूमा मालाथीन, क्लोरिनको प्रयोग भइरहेको छ । जनस्वास्थ्यका जानकार डा.नवराज सुब्बा मालाथीन लगायतका विषादी  क्यान्सरको कारकसम्म बन्न सक्ने बताउँछन् ।बालीनालीमा समेत प्रयोग गर्न निरुत्साहन गरिएको मालाथीन मानव शरीरमा पर्यो भने घातक हुनेछ ।

सेनीटाइजर र स्प्रेमा क्यान्सरयुक्त रसायन

बजारमा उपलब्ध कतिपय ह्याण्ड सेनीटाइजरमा पनि जनस्वास्थ्यका लागि निकै हानीकारक रसायन मिसाएको भेटिएको छ । यस्तो सेनीटाइजरको प्रयोग गर्दा आँखाको ज्योति गुम्ने, छालाको क्यान्सर गराउने मात्र नभएर मानिसको मृत्युसम्म गराउँछ । यता कोरोना  भाइरससँग बच्नका लागि भन्दै हानिकारक रसायन समेत प्रयोग भइरहेको देखिन्छ । डेँगु, मलेरिया वा हैजाका बेला प्रयोग किटनाशक औषधीले नयाँ कोरोना भाइरसलाई मार्न नसक्ने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । अल्कोहल बेस्ड सेनीटाइजरमा ७०–८० प्रतिशतसम्म अल्कोहल कन्टेन्ट हुनुपर्दछ । राम्रो र गुणस्तर युक्त ह्यान्ड सेनीटाइजरले पनि १०० प्रतिशत नै काम नगर्ने स्वास्थ्य विज्ञहरुको तर्क छ । अहिले बजारमा उपलब्ध कतिपय सेनीटाइजरमा अल्कोहलको आवश्यक मात्रा नै नपुगेको औषधि व्यवस्था विभागले सूचना नै जारी गरेर सचेत हुन आग्रह गरेको छ । त्यसैले यस्तो अबस्थामा सत प्रतिशत जानेर बुझेर मात्र ह्याण्ड सेनीटाइजर र स्प्रेको प्रयोग गर्नुपर्ने देखिन्छ ।

Must View