नागरिक पोष्ट News


तुला राशि हुनेलाई २०७७ साल अढैया साढेसाती छ, हेर्नुहोस् यसबाट कसरी बच्ने ?

3K

 साउन २१ सम्म तुला राशीलाई शनि अढैंया छंदैछ।साउन २१ देखि मंसीर १ गतेसम्म राम्रै छ तर मंसीर १ गते देखि फेरि शनि अढैया शुरु हुन्छ।

बृहस्पति र शनिको प्रभावले वर्षारम्भदेखि नै चुनौतीपूर्ण जिम्मेवारी अँगाल्नुपर्ने देखिन्छ। शनिको अढैया प्रभावसमेत रहने हुँदा घर र मन अशान्त रहने

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

वर्षारम्भमा अढैया शनि चतुर्थ स्थानमा नीच, गुरुको प्रतिकूल प्रभावले घरेलु समस्या निकै वढ्नेछ । मित्र तथा परिवारहरूको असहयोगले दैनिकीमा अप्ठ्याराहरू प्रसस्तै आउनेछन् । वहानले पटकपटक धोका दिनेछ । शत्रुसँग मिलेर परिवार र मित्रले फसाउने प्रयत्न गर्नेछन् । स्वास्थमा अनेक पीडा र विशेषतः पेटमा समस्या आउनेछ । विनाकारणको विवादले सामाजिक कार्यमा भएको प्रतिष्ठा धुमलिने सम्भावना छ । कामको बीचमा अवरोध आउने, सहयोगीहरूबाट धोका हुने, दाजुभाइहरूले सहयोग नगर्ने हुँदा सानो कामलाई पनि धेरै प्रयत्न गर्नु पर्नेछ । परिवारिक समस्या र मित्रहरूको सहयोगमा व्यस्त हुँदा पढाईमा बाधा आउने, बौद्धिक कार्यमा बाधा आउनाले मन भरङ्ग हुनेछ ।

सन्तानसँग विमति आउने र लेखनमार्गमा बाधा आउने छ, शत्रु सक्रिय हुनेछन् । प्रेममा खटपट आउने, पतिपत्नीबीच बढ्ने विमतिले निकै दुःखी बनाउनेछ । व्यापार र वैदेशिक कार्यमा अवरोध आउने योग छ ।श्रावण २१ गतेदेखि मार्ग १ गतेसम्म शनि बृहस्पति दुवै अनुकूल भएकोले मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्नेछ । रोकिएका कामहरू बन्नेछन् ।नयाँ र आयमूलक कामहरू हात पर्ने छन् । सहयोगी र दाजुभाइहरूको सोचमा परिवर्तन आउनेछ । पढाईमा अपेक्षित सुधर आउनेछ । नोकरीमा आएको अवरोध हटेर जानेछ । राजनीतिमा भने सफलता मिल्नेछ । महत्वपूर्ण काम यही समयमा गर्नुहोला । भाद्र, वैशाख, पौष, महिना उत्तम रहनेछन् । ज्येष्ठ, आश्विन, माघ प्रतिकूल र अन्य महिना मध्यम रहनेछन् । शनिदेवको आरधना गर्नु वेश हुनेछ ।

Must View