नागरिक पोष्ट News


हेर्नुहोस् २०७७ सालको वार्षिक राशिफल, तपाईको भाग्य र ग्रहदशा यस्तो छ

2.5K

जगत लग्नबाट यो बर्षको फल यसप्रकार छ :

मेषलाई कष्ट, बृषलाई स्त्री सुख, मिथनुलाई शत्रु पराजय, कर्कटलाई पुत्र सुख, सिंहलाई मित्र सुख, कन्यालाई कुटुम्ब बृद्धि, तुलालाई धन लाभ, बृश्चिकलाई देश सुख, धनलाई दुख दारिद्रय, मकरलाई लाभ, कुम्भलाई सुख, मीनलाई धर्मार्थ प्राप्ति हुन्छ ।

शनिग्रहको फल हिसावले यो बर्षको फल यसप्रकार छ: 

मेष राशी यो राशीलाई यो बर्षलाई शनिको कुनै पनि अरिष्ट फल लाग्दैन ।

बृष राशी – राशीलाई२ ०७७ सालसाउन २१ देखि मंसीर १ गते सम्म शनिको अढैंया छ। यसबीचको अवधि त्यति राम्रो मानिंदैन।

मिथुन राशी –देखि साउन २१ गते सम्म मिथुन राशीलाई शनि अढैयाछ। साउन २१ देखि मंसीर १ गतेसम्म मिथुन राशीलाई राम्रोछ, मंसीर १ देखि फेरि शनि अढैया शुरु हुन्छ।

कर्कट राशी – योराशीलाईयोबर्षराम्रोछ।

सिंह राशी – योराशीलाई पनियो बर्ष राम्रोछ।

कन्या राशी – यो राशीलाई साउन २१ देखि मंसीर १ गतेसम्म शनि अढैंयाको प्रभाव पर्नेछ।

तुला राशी – साउन २१ सम्म तुला राशीलाई शनि अढैंया छंदैछ।साउन २१ देखि मंसीर १ गतेसम्म राम्रै छ तर मंसीर १ गते देखि फेरि शनि अढैया शुरु हुन्छ।

वृश्चिक राशी – २०७७ सालसाउन २१ गते देखि मंसीर १ गते सम्म बृश्चिक राशीलाई आद्य साढेसाती शनि दशा रहनेछ।

धनु राशी – यो राशीलाई बर्षारम्भदेखि साउन २१ सम्म अन्त्य साढेसाती शनिदशा छ । मंसीर १ गतेबाट फेरि मध्य साढेसाती शनिदशा शुरु हुन्छ ।

मकर राशी – यो राशीलाई बर्षारम्भदेखि साउन २१ सम्म मध्य साढेसाती शनि दशा छ । मंसीर १ सम्म अन्त्य साढेसाती छ र मंसीर १ देखि बर्षन्तसम्म मध्य साढेसाती शनि दशाको योग छ ।

कुम्भराशी – यो राशीलाई बर्षारम्भदेखि साउन २१ सम्मआद्य साढे साती, मंसीर १ देखि फेरियो राशीलाई आद्य साढेसाती लाग्ने देखिन्छ।

मीन राशी – यो राशीलाई यो बर्ष राम्रो रहेको छ ।

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष राशिलाई कर्म र भाग्य भावमा बृहस्पतिको अनुकूल प्रभावले यो वर्ष विभिन्न अवसर प्राप्त हुनेछन्। कर्मयोगबाट उत्साहजनक उपलब्धि हासिल गर्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ। यही वर्ष सन्तानसुखको योग समेत रहेको छ। कर्मभावमा शनिको उपस्थितिले कर्मक्षेत्रमा सक्रिय प्रभाव जमाउन बाधा पर्नेछ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ भने आलस्य र ढिलासुस्तीले काममा पछि परिनेछ। वर्षको उत्तरार्धमा राहुको प्रतिकूल प्रभावले वाणी तथा लेखनद्वारा व्यक्त विषय विवादास्पद बन्न सक्छ। असंयम बोली–व्यवहारले शुभचिन्तकहरू टाढिनुका साथै समाजमा आलोचित भइने सम्भावना देखिन्छ। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या पनि देखा पर्नेछन्। केतुको प्रभावले कब्जियत, शूल र चोटपटक जस्ता बाधा निम्त्याउन सक्छ।  वण, मार्ग, चैत्रमा कठिनाई आउन सक्ने, आषाढ, आश्विन, फाल्गुणमा धेरै सफलता मिल्ने र अन्य महिना मध्यम रहनेछन् ।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समग्रमा यस वर्षको ग्रह गोचर राम्रो रहनेछ । अढैया शनिको अन्त्य भएकोछ । भाग्यभावमा बसेका गुरुले भाग्यलाई चम्काउनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नुको साथै सामाजिक कार्यमा अग्रसर हुँदा सफलता मिल्नेछ । कर्मेश र भाग्य शनिवाट बनेको एकल राजयोगको प्रभावले आफ्नो वर्चस्व सवत्र फैलाउन सकिनेछ । शनि बृहस्पतिको संयोग अन्त्यन्त फलदाई रहने भएकोले नयाँ नोकरीमा प्रवेश र भएको नोकरीमा पदोन्नति हुने बलियो सम्भावना छ । सक्रिय राजनीतिमा सफताको साथै राजनैतिक नियुक्ति हुने सम्भावना छ । कूटनैतिक सफलता प्रशंसनीय हुनेछ। पढाईमा सफलता मिल्नुको साथै निःसन्तानहरूका लागि सन्तान प्राप्ति हुने योग यस वर्ष परेको छ । आयेश, भाग्येश र कर्मेशको संयोग भने बलशाली रहनेछ । सहयोगी, दाजुभाइ तथा पिताका बीचका सम्वन्धमा केही ह्रास आएपनि धैर्य गरेमा सफताको मार्गमा बाधा आउने छैन । विदेशयात्राको अवसर पनि मिल्न सक्छ । व्यापारमा राम्रै प्रगति हुनुको साथै प्रेममा संलग्न हुने र भएको प्रेमले वैवाहिक मार्ग अवलम्वन गर्नेछ । आर्थिक उन्नतिका हिसाबले यो वर्ष निकै राम्रो रहनेछ । स्मरण रहोस् श्रावण २१ देखि मार्ग १ गतेसम्म अढैया शनिको प्रभावको समयमा माथि उल्लिखित कार्य कुराहरू अघि नबढ्न सक्छ । त्यो १०० दिनको समयमा स्वास्थ्यमा बाधा, आर्थिक कठिनाई लेनदेनमा विवादका साथै शरीरमा चोटपटक लाग्न सक्ने र मनमा चिन्ता बढ्ने देखिन्छ । पतिपत्नीबीचमा विवाद वढ्न सक्ने भएकोले त्यो समय संयम रहनुहोला । वैशाख, आषाढ, भाद्र, पौष महिनाप्रतिकूल र श्रावण, कार्तिक, चैत्र राम्रो तथा फलदायी र अन्य महिनाहरू मध्यम रहनेछन् ।

 

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

वर्षारम्भमा अढैया शनि र अष्टम गुरुको प्रतिकूलताले स्वास्थमा बाधा आउनाले काम बिग्रनेछ । राजनीतिमा लाग्नेहरूका लागि कूटनैतिक असफलताले पदच्यूत गराउन सक्छन् । व्यापारमा र वैदेशिक कार्यमा अवरोध आउनेछ । भाग्य भावको शनि अष्टम अढैया शनिको प्रभावले आर्थिक संकट बढाउनेछ । धार्मिक र सामाजिक कार्यमा झुठा आरोपको सामना गर्नुपर्नेछ । उच्च रक्तस्रावको साथै मुटु, मस्तिकमा पीडा हुने तथा हाडजोर्नीको समस्या पनि आउनेछ । नगद कारोबार गरे विवाद बढेर मुद्दामामला लाग्न सक्छ । विश्वासमा धोका हुनेछ । परिवारले साथ नदिने मित्रहरूपनि स्वार्थमा प्रेरित भईआफूलाई फसाउन सक्रिय हुनेछन् । पति, पत्नीबीचको विवादमा संयम नभए विछोडको स्थिति आउनेछ । पिता, पुत्रबीच सम्वन्ध बिग्रनाले घरझघडा निकै बढ्नेछ । नोकरीमा झुठाआरोप लागेर अपठ्यारो पर्नेसक्ने, स्थनान्तरण हुने र छुट्ने योग छ । आम्दानीको मार्ग सबै बन्द हुनेछन् । सन्तानबाट पनि खुसी नमिल्ने अवस्था छ । श्रावण १देखि बृहस्पति अनुकूल हुनुको साथै श्रावण २१ देखि मार्ग १ गते सम्म शनि अनुकूल हुने हुँदा त्यो समय व्यापारमा लाभ हुनुको साथै व्यापारमा र वैदेशिक कार्यमा अपेक्षित सुधार आउनेछ । पति पत्नीबीचको सम्बन्धमा पनि उल्लेखनीय सुधार आउनेछ । परिवारमा सकारात्मक सम्बन्ध बन्ने तथा नोकरीमा प्रगति, उन्नतिको साथै राजनीतिमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ । आर्थिक लाभ प्रशस्त मात्रामा गर्न सकिनेछ । महत्वपूर्णकाम यही समयमा गर्नु उचित हुनेछ । अन्य समयमा संयम हुनु राम्रो वैशाख, भाद्र, मार्ग महिना राम्रो ज्येष्ठ, आश्विन, माघ नराम्रो अन्य महिनाहरु मध्यम छन् ।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यस वर्ष ग्रहले पूर्ण साथ दिनेछ । आँटेका काममा सफलता सजिलै मिल्नेछ । बौद्धिक कार्यमा अग्रस्थान मिल्नेछ । पढाईमा सफलता मिल्नेछ । लेखन कार्यमा तीब्रता आउनेछ । साहित्य, कला, गीत, सङ्गीतमा हुनेहरूका लागि अति उत्तम रहनेछ । शैक्षिक उन्नति राम्रो छ । छात्रवृत्ति प्राप्त हुने योगको साथै व्यावसायिक यात्रामा संलग्न हुने सम्भावना छ । विदेशिएर भुलेकामित्रहरूले पुनः सम्झना गर्नेछन् । आयात निर्यातमा लाग्नेहरूका लागि योवर्ष अनुकूल रहनेछ । कूटनैतिक कार्यमा लग्नेहरूका लागि यो वर्ष अति उत्तम रहनेछ । आम्दानीको अवसरहरू प्रसस्त मिल्नेछ । मित्रता प्रेममा बदलिने, प्रेम वैवाहिक यात्रातिर लम्कने समय छ । पतिपत्नीबीच सुमधुरसम्बन्ध निर्माण हुनेछ । नोकरीमा पदोन्नतिको साथै लाभप्रद स्थानमा स्थानान्तरण हुने बलियो सम्भावना छ । राजनीतिमा ऐतिहासिक सफलता पाउने योग छ । जोश र जाँगर बढ्ने नयाँ कामको अवसर पनि मिल्नेछ । रोकिएको कामहरू सुचारु हुनेछन् । सन्तान प्राप्तीको पनि बलियो सम्भावना छ । भाग्य बलियो भएकोले सामाजिक क्षेत्रमा सम्मान मिल्नुको साथै धार्मिक कार्यको रुचिको साथै तीर्थयात्राको पनि सम्भावना छ । श्रावण १ गतेदेखि बृहस्पति प्रतिकूल हुने हुँदा स्वास्थ्यमा बाधा आउने, शत्रु वढ्ने काममा अवरोध आउने, सामाजिक कार्यमा बदनाम हुन सक्नेछ । व्यापारमा उतारवचढाव आउने, यात्रामा संकट आउने, मित्र तथा परिवारसँग केही विमति रहने भएकोले संयम हुनु राम्रो। ज्येष्ठ, आश्विन, फाल्गुन शुभ र लाभदायक रहनेछन् । आषाढ, कार्तिक, फाल्गुन महिना संकट आउने र अन्य महिना मध्यम रहनेछन् ।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिहं राशिलाई योवर्ष मध्यम रहनेछ । वर्षारम्भमा षष्ठ भावमा रहेका गुरुले स्वास्थ्यमा बाधा, शत्रु वृद्धि, काममा अवरोध आउन सक्छ । पढाईमा अवरोध आउनुको साथै सन्तानसँग विमति, लेखन मार्गमा बाधा आउन सक्ने सम्भावना छ । राहु, शनिको अनुकूल प्रभाव वर्षभरी नै रहनेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा मिल्नेछन् । मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्ने, रोकिएका कामहरू सुचारु हुने र नयाँ कामको अवसर पनि मिल्नेछ । ज्ञान, विज्ञानमा लागेकाहरूकालागि समय अनुकूल रहनेछ । आफन्त, मित्र तथा परिवारहरूबाट उचित सहयोग मिल्नेछ । व्यापारमा राम्रो लाभ उठाउन सकिनेछ । वैदेशिक र कूटनैतिक कार्यमा संलग्न हुनेहरूकालागि यो शुभ वर्ष हो । भाग्यले साथ दिनेछ । सामाजिक कार्यमा सम्मान पाउने योगछ । नोकरीमा प्रगति र उन्नतिको अवसर मिल्नेछ । राजनीतिमा गुमेका स्थान पूनः प्राप्तीको अवसर मिल्नेछ । सहयोगीहरूको सहयोग पूर्णरुपमा पाइनेछ । दाजुभाइ, दिदीबहिनीको सहयोगले आर्थिक, सामाजिक, राजनैतिक कार्यलाई समेत अनुकूल प्रभाव पार्नेछ ।श्रावण १ गतेदेखि कार्तिक २८ गतेसम्म बृहस्पति धेरै अनुकूल रहने हुनाले बौद्धिक उन्नति तथा लेखन मार्गमा विशेष सफलता मिल्नेछ । सन्तान लाभ हुने सम्भावना पनि छ । न्याय क्षेत्रमा रहनेहरूका लागि महत्वपूर्ण स्थान मिल्ने वर्ष हुनेछ । राजनीतिमा सबैलाइ समेटेर नेतृत्व गर्ने स्वर्ण अवसर पाउने मौका हात लाग्नेछ । स्वदेश तथा विदेशमा सम्मान पाउने योग पनि छ । आषाढ, कार्तिक, माघ अनुकूल र श्रावण, मार्ग,चैत्र प्रतिकूल रहनेछन् भने अन्य महिना मध्यम रहनेछन् ।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

समग्रमा कन्याराशिलाई यो वर्ष राम्रो रहनेछ । वर्षारम्भमा पञ्चम शनि बृहस्पतिको संयोग अतिनै महत्वपूर्ण हुनेछ । चतुर्थेश गुरु,पञ्चमेश शनिबाट हुने निचभङ्ग राजयोगका कारण ऐतिहासिक सफलता प्राप्त हुनेछ । नयाँ घर, नयाँ सवारी जोड्ने अवसर पनि मिल्नेछ । समाजमा तपाई र तपाईका शब्दले अरुको मन सजिलै जित्न सकिनेछ । न्याय क्षेत्रमा लाग्नेहरूका लागि योवर्ष निकै अनुकूल रहनेछ । विद्यार्थीहरूले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरी स्वदेश तथा विदेशमा प्रस्थान गर्ने अवसर पनि मिल्नेछ । प्रगति उन्नतिका लागि मित्र तथा परिवारले राम्रो सहयोग गर्नेछन् । विदेशिएर भुलिरहेका मित्रहरूले पूनः सम्झना गर्नेछन् । व्यापारमा राम्रो उन्नति भई धन आर्जनका अवसर पनि प्राप्त हुनेछन् । नयाँ प्रेम हुने पुरानो प्रेमले वैवाहिक मार्ग प्राप्त गर्ने योग छ । पति, पत्नीबीच हुने सुमधुर सम्बन्धले घरेलु र अन्य कार्यलाई समेत सहज बनाउनेछ । कूटनैतिक कार्यमा चमत्कारिक सफलता पाउन सकिनेछ । ज्ञान, विज्ञानका क्षेत्रमा हुनेहरूको लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक कार्यमा उल्लेख्य सम्मान पाउने योग छ । नोकारीमा आफ्नो दक्षता देखाउँदै आफूलाई अग्रस्थानमा उभ्याउने अवसर मिल्नुको साथै पदोन्नति स्थानान्तरण उचित समय उचित स्थानमा हुनेछ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ । श्रावण २१ देखि मार्ग १ गतेसम्म पूनः अढैया शनि प्रारम्भ हुँदा घरेलु समस्या बढ्ने, स्वास्थ्य गडवड हुने, मित्र तथ परिवारले साथ नदिने आर्थिक संकट बढ्ने हुँदा त्यो समय महत्वपूर्ण काम नगर्नु उचित हुनेछ ।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

वर्षारम्भमा अढैया शनि चतुर्थ स्थानमा नीच, गुरुको प्रतिकूल प्रभावले घरेलु समस्या निकै वढ्नेछ । मित्र तथा परिवारहरूको असहयोगले दैनिकीमा अप्ठ्याराहरू प्रसस्तै आउनेछन् । वहानले पटकपटक धोका दिनेछ । शत्रुसँग मिलेर परिवार र मित्रले फसाउने प्रयत्न गर्नेछन् । स्वास्थमा अनेक पीडा र विशेषतः पेटमा समस्या आउनेछ । विनाकारणको विवादले सामाजिक कार्यमा भएको प्रतिष्ठा धुमलिने सम्भावना छ । कामको बीचमा अवरोध आउने, सहयोगीहरूबाट धोका हुने, दाजुभाइहरूले सहयोग नगर्ने हुँदा सानो कामलाई पनि धेरै प्रयत्न गर्नु पर्नेछ । परिवारिक समस्या र मित्रहरूको सहयोगमा व्यस्त हुँदा पढाईमा बाधा आउने, बौद्धिक कार्यमा बाधा आउनाले मन भरङ्ग हुनेछ । सन्तानसँग विमति आउने र लेखनमार्गमा बाधा आउने छ, शत्रु सक्रिय हुनेछन् । प्रेममा खटपट आउने, पतिपत्नीबीच बढ्ने विमतिले निकै दुःखी बनाउनेछ । व्यापार र वैदेशिक कार्यमा अवरोध आउने योग छ ।श्रावण २१ गतेदेखि मार्ग १ गतेसम्म शनि बृहस्पति दुवै अनुकूल भएकोले मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्नेछ । रोकिएका कामहरू बन्नेछन् ।नयाँ र आयमूलक कामहरू हात पर्ने छन् । सहयोगी र दाजुभाइहरूको सोचमा परिवर्तन आउनेछ । पढाईमा अपेक्षित सुधर आउनेछ । नोकरीमा आएको अवरोध हटेर जानेछ । राजनीतिमा भने सफलता मिल्नेछ । महत्वपूर्ण काम यही समयमा गर्नुहोला । भाद्र, वैशाख, पौष, महिना उत्तम रहनेछन् । ज्येष्ठ, आश्विन, माघ प्रतिकूल र अन्य महिना मध्यम रहनेछन् । शनिदेवको आरधना गर्नु वेश हुनेछ ।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

वर्षारम्भमा ग्रह गोचर राम्रो रहने छ । सानातिना समस्या आए पनि समग्रमा सफलता धेरै पाउने वर्ष हो । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग बलियोछ । सहयोगीहरूका सहयोग पर्याप्त मात्रामा मिल्नेछ । दजुभाइबाट पूर्ण सहयोग मिल्नेछ । बोलीको प्रभाव राम्रो हुनुको साथै अरुको विश्वास सजिलै जित्ने अवसर पनि मिल्नेछ । कूटनैतिक कार्यमा महत्वपूर्ण सफलता पाइनेछ । पढ्नका लागि विदेश वा स्वदेशमा छात्रवृत्ति प्राप्त हुने योग छ । घर जग्गा जोड्ने तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । सन्तान नहुनेका लागि सन्तान प्राप्ति हुने बलियो सम्भावनाका साथै भएका सन्तानहरूको तीब्र प्रगति हुने योग छ । व्यापारमा र वैदेशिक कार्यमा उचित लाभ उठाउन सकिनेछ । प्रेम गर्ने अवसर पनि मिल्नेछ । वैवाहिक सम्वन्धमा वाँधिने योग पनि बलियो छ । भाग्य बलियो भएकाले सामाजिक कार्यमा उचित सम्मान पाउने योगछ । नोकरीमा उच्चस्थान प्राप्तीका साथै स्वीकार्य स्थानमा स्थानन्तरण हुनेछ । औद्योगिक कार्यमा संलग्नहरूकालागि वर्ष फलदायी रहनेछ । कृषि तथा निर्माण व्यावसायिक व्यक्तिहरूका लागि पनि ग्रह गोचर राम्रो रहनेछ । श्रावण २१ देखि मार्ग १ गतेसम्म पुनः शनि साढेसाती आरम्भ हुने हुँदा समय अनि कठिन हुन्छ ।धन हानि हुने अनावश्यक विवादमा फस्न सक्ने शत्रु बढ्ने स्वास्थ्यमा अवरोध आउने योग छ । घरेलु समस्याले सताउने छ नोकरी तथा राजनीतिमा उतारचढाव आउने समय हो । विश्वास गरेकाले धोका दिनेछन् मन अशान्त हुनेभएकोले यो समय धैर्य गर्नु उचित हुनेछ । आषाढ,, कार्तिक फाल्गुण महिना प्रतिकूल रहनेछन् । वैशाख, आश्विन, माघ अनुकूल रहनेछन् । अन्य महिना मध्यम रहनेछन् ।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

यसवर्ष ग्रह गोचर समग्रमा प्रतिकूल रहेपनि गुरुको अनुकूलताले बोलिको प्रभाव बढ्ने, अरुको विस्वास जितेर महत्वपूर्ण काम हरु प्राप्त गरी सफल बनाउन सकिनेछ । मान सम्मान पनि पाउने योगछ । मित्र तथा परिवारले पनि कुरा वुझेर सहयोग गर्नेछन । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । नयाँ मित्रको आगमन हुने र परिवारको सदस्य संख्या वृद्घि हुने सम्भावना पनि छ । सन्तानबाट सहयोग र सद्घभाव मिल्नेछ । नोकारीमा पदोन्नति र राजनीतिमा प्रगति हुने बलियो सम्भावना रहेपनि श्रावण १ गते देखि कार्तिक २८ गतेसम्मको समय भने शनि, राहु र केतु तथावर्षारम्भमा मंगल समेत प्रतिकूल हुनाले सानो सानो काममा पनि सफलता पाउन गाह्रो छ । धन भण्डारणमा शनिको वाश रहेकोले धन सञ्चित हुन पनि गाह्रो छ । शत्रु वृद्धि हुनुको साथै स्वास्थ्यमा बाधा आउनेछ । आर्थिक कारोवारमा विवाद बढ्नुको साथै लेनदेनमा समेत धेरै विवाद बढ्नेछ । सहयोगीहरुबाट सहयोग भन्दा बढि अवरोध हुने, दाजुभाइ बीच द्वन्द हुने तथा पारिवारिक कलह बढ्ने सम्भावना यस वर्ष रहन्छ । प्रेमवियोग हुनाले मन अशान्त हुनेछ । पति पत्नी बीचको विवाद निकै चर्कनेछ। संयम नभएमा विछोडको अवस्थासम्म आउन सक्छ । व्यापारमा धेरै अप्ठ्यारो आउनेछ । वैदेशिक कार्यमा अवरोधको सामना गर्नु पर्नेछ । उच्च रक्तचााव बढ्नाले मुटुमस्तिष्कमा पीडा हुन सक्छ । विपरित लिङ्गीबाट झुटाअरोप लगाउने प्रयत्न हुन सक्ने हुँदा सचेत रहनु राम्रो । यो समय महत्वपूर्ण काम र निर्णय नगर्दा उचित होला । ज्येष्ठ, कार्तिक र फाल्गुण राम्रो महिना हुन भने श्रावण र मार्ग तथा चैत्र अशुभ महिना हुन । अन्य महिना मध्यम रहनेछन ।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

साढे सातिको प्रभाव वर्षभरी नै रहनेछ । कहिले राशिमा नीच तथा केन्द्रादी राज्य भङ्ग योग वनाएर वसेको गुरु कहिले सासिमा कहिले बाह्रौ धन मान हानि गरेर बस्ने हुनाले यो वर्ष प्रतिकूल रहनेछ । अशान्त मन र कडा मिजासका कारण आफन्त हरुबाट समेत आक्रमित हुनु पर्नेछ । धार्मिक पक्षमा मन नजाने झुठा मुद्घामामला फस्ने सम्भावना छ । उच्च रक्तचाव बढ्नुको साथै मुटु मस्तिष्कमा पीडा हुन सक्छ । धन माल हराउनुको साथै दाँत र मुखमा पीडा पनि धेरै हुनेछ । पेट दुखाई र हड्डी,नसाको समस्या वर्षभरी नै रहनेछ । नोकरीमा सचेत नभएमापटक पटक स्थानान्तरणका साथै पदमुक्तसम्म हुने अवस्था आउन सक्छ । राजनीतिमा प्रसस्तै अप्ठ्यारा हरुको सामना गर्नु पर्नेछ । सानो भूलको पनि परिणाम भयावह बन्नसक्छ । निर्दोष भएपनि दोषीबनेर आफ्नो स्थान गुमाउनु पर्ने अवस्था आउन सक्ने भएकोले कसैको पनि विश्वास गर्नु सङ्कट निम्त्याउनुहो भन्न सकिन्छ । श्रावण १गते देखि कार्तिक २८ गते सम्मको समय कठिन छ । यो समयमा महत्वपूर्ण काम नगर्नु उचित होला । संयम भएमा पढाइमा उन्नति, सन्तानको प्रगति र व्यापारमा लाभ उठाउन सकिनेछ । वैदेशिक कार्यमा र कूटनैतिक कार्यमा राम्रै सफलता हासिल गर्न सकिनेछ । नयाँ र भरपर्दो प्रेमको प्रस्ताव आउने र भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने पनि बलियो सम्भावना छ । धार्मिक कार्यमा र सामाजिक कार्यमा संयम भएर अघि बढेमा लाभ उठाउन सकिनेछ । आम्दानीका अवसरहरु प्रसस्तै मिल्नेछ । दिदीबहिनी र छोरीबुहारीको राम्रो सहयोग पाउनुहोला ।बैशाख, भाद्र र पौष महिना अशुभ रहनेछन । आषाढ,मार्ग र चैत्र शुभ रहनेछन र अन्य महिना मध्यम रहनेछन ।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

ग्रह गोचर वर्षको धेरै समय प्रतिकूल रहनेछ । वार्षारम्भमा आद्य साढेसाति र द्वितीय एकादशेस गुरु द्वादश भावमा बस्ने हुनाले सञ्चित धनको नास हुनुको साथै आम्दानिका सबै मार्ग बन्द हुनेछन । अनावस्यक विवादले मानसिक सन्तुलन कायम राख्न गाह्रो पर्न सक्छ । अरुबाट तिव्र आलोचना हुने र धन माल हराउने सम्भावना छ । उपलब्धिहीन कार्यमा समय खर्च हुनेछ । दाजुभाइको र सहयोगीहरुको सहयोग प्राप्त भएपनि आफ्नै गलत विचारका कारण लाभ उठाउन सकिनेछैन । दाँत र मुखमा पीडा हुने, उच्च रक्तश्रावले गर्दा मुटु मस्तिष्कमा पीडा पनि बढ्न सक्छ । हड्डी र नसामा समस्या आउने सक्ने योग पनि छ । सन्तान सँग विमति रहने योग भएपनि श्रावण २१ देखि कार्तिक महिना भरी समय अनुकूल रहनेछ । यो अनुकूल समयमा धन प्रसस्त कमाउन सकिनेछ ।बोलिको प्रभावले अरुलाई विस्वासमा लिएर अगाडि बढ्ने अवसर मिल्नेछ । उच्च मनोवल र नयाँजोसका साथ अघि बढ्दा पुराना समस्या सुल्झाउनर नयाँ कामहरु सुरु गर्न सहज हुनेछ । परिवार र मित्रवाट उचित सहयोग मिल्नेछ। घर घडेरी तथा सवारी साधन जोड्ने अवसर मिल्नुको साथै नोकरीमा उपयुक्त स्थानमा स्थानान्तरण र पदोन्नति हुने योग छ । राजनीतिमा गुमेको स्थान पूनः प्राप्त हुनेछ । विज्ञानमा अनुसन्धान गर्न लागिपरेका हरुले चमत्कारिक सफलता हासिल गर्नेछन । व्यापारमा र वैदेशेकि कार्यमा राम्रो सफलता मिल्नेछ ।कूटनैतिक कार्यमा सफलता र राजनैतिक नियुक्तिको योग बलियो छ । महत्वपूर्ण काम यही समयमा गर्नु होला । बैशाख , श्रावण र पौष महिना राम्रो रहनेछभने ज्येष्ठ, आश्विन र माघ अशुभ रहनेछन ।अन्य महिना मध्यम रहनेछन ।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समग्रमा ग्रह गोचर अनुकूल रहेपनि चौथा रहुको प्रतिकूल प्रभावले केही कठिनाईको सामना पनि गर्नु पर्ला । वर्षारम्भमा एकादश भावमा रहेको शनि तथा गुरुको अनुकूलताले प्रसस्त आय आर्जन गर्न सकिनेछ । तपाईको सत्यतालाई सबैले स्विाकार्ने र साथ दिँदै सफल हुन सहयोग गर्ने योग छ । शरीर स्फुर्तिलो हुनाले रोकिएका पुराना कामहरु तिव्रगतिमा अघि बढ्नेछ । नयाँ कामका अवसर हरुपनि मिल्नेछन । सहयोगीहरुबाट र दाजुभइ तथा दिदीबहिनीहरुबाट राम्रो सहयोग पाइने हुँदा बर्ष निकै अनुकूल रहनेछ । न्यायिक, वैज्ञानिक र साहित्यिक क्षेत्रमा भएकाहरुले ऐतिहासिक सफलता प्राप्त गर्न सक्नेछन । सन्तान प्राप्ति र भएका सन्ताबाट सहयोग र सम्मान पर्याप्त मिल्ने योग छ । वैदेशिक व्यापार, वैदेशिक शैक्षिक छात्रवृत्ति र कूटनैतिक कार्यमा रहेका हरुलाई योवर्ष ग्रहले पुर्ण साथ दिनेछ । नयाँप्रेमको प्रस्ताव र पुराना प्रेम तथा विनाप्रेमका हरुको पनि वैवाहिक बन्धनमा बाँधिने योग पनि छ । धार्मिक कार्यमा र सामाजिक क्षेत्रमा सफलताको साथै सम्मान पाउने योग छ । नोकरीमा लाभप्रद स्थानमा स्थानान्तरण र पदोन्नति हुने बलियो सम्भावना छ । राजनीतिमा ऐतिहासिक सफलता मिल््ने छ ।श्रावण २१ गते देखि केन्द्रादी दोष बोकेर गुरु चण्डाल योग समेत चतुर्थ राहु र दशम केतुको प्रतिकूलताले मित्रहरुसँग विमति, परिवारको असहयोग र आमा वुवा सँग केही मतभेद हुन सक्ने भएकोले त्यस प्रति सजग रहनु होला । महत्वपूर्ण निर्णयहरु सके सम्म यो समयमा नगर्नु उचित हुनेछ । ज्येष्ठ, भाद र माघ अनुकूल रहनेछन भने अषाढ, कार्तिक र फाल्गुण प्रतिकूल रहनेछन । अन्य महिनाहरु मध्यम रहनेछन ।

ज्यो. पं ओजराज उपाध्याय लोहनी

 

Must View