बाग्लुङ र कैलालीको र्यापिड टेस्टमा दुई महिलाको कोरोना पोजेटिभ देखियो, पुन परीक्षण गरिदै
1.8K
बाग्लुङमा विदेशबाट फर्किएकाहरु ८५८ जनाको र्यापिड टेस्ट गरिएको छ । जसमा ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक महिलाको रिपोर्ट पुनः परीक्षणका लागि पठाइएको छ ।
बाग्लुङमा ८५८ जनाको र्यापिड टेस्ट, एक महिलाको पुनः परीक्षण गरिनेर्यापिड टेस्ट किटबाट परीक्षण गर्दा एकजना महिलाको रिपोर्ट शंकास्पद भेटिएपछि स्वाब संकलन गरी पोखरा पठाइएको हो । त्यस्तै टीकापुर, कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं। १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।
कैैलाली लम्कीकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभअस्पतालका स्वास्थ्यकर्मीका अनुसार बालकल्याण मावि भूरुवाको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो। कैलालीमा परीक्षण गर्दा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ।