हेर्नुहोस् २०७७ वर्षको ग्रहगोचरस्थिति यस्तो छ, विश्वमै दैविक बिपत्तिको संकट पर्नसक्छ
कसैलाई संकट, कसैलाई फलिफापै फलिफाप हुने
विक्रम संबत २०७७ आजबाट शुरु हुंदैछ । सम्बत्सरमा चैत्र शुक्ल प्रतिपदाबाटै प्रमाधिनाम गरेको सम्बत्सर शुरु गरिसकेका छौं।गत बर्ष परिधावीनाम गरेको सम्बत्सर थियो। गत बर्ष पनि बाबु छोराले नै राज्य गरेको थिए।यस बर्ष पनि बाबु छोराकै राज्य छ। गत बर्ष शनि राजा थिए, सूर्यमन्त्री थिए।यो बर्ष राजा बुध र मन्त्री पदमा चन्द्रमा रहेका छन्।
राजा बुध एक्लै बसे भने पावरफूल हुन्छन्, शान्त फल दिन्छन् । शीत ग्रह हुनु यिनी । तर, यिनीसंग अर्को कुनै ग्रह बस्यो भने यिनले फल दिनै सक्दैनन् । बुध र चन्द्रमा बाबु छोरा हुन् तर यिनको जन्म नै अवैध छ । धार्मिक कथाअनुसार, बुधको जन्मको कथा अनौठो छ । चन्द्रमा गुरु बृहस्पतिको घरमा पढ्न गएका बेला बृहस्पतिकी पत्नी तारा र चन्द्रमाको सम्बन्धबाट बुधको जन्म भएको हो ।
यो बर्ष बृश्चिक लग्न छ । बृश्चिक लग्न भनेको मंगलको स्थान हो । लग्नको अधिपति मंगल हो । र, मंगल भनेको रोगकारक ग्रह हो । मंगल झगडा, युद्ध र कलहको पनि प्रीय चीज हो । यसकारणले २०७७ साल पनि शान्तिका लागि अझै उपयुक्त बर्षका रुपमा लिन सकिंदैन ।
देश र दुनियां अनाबृष्टि र अतिबृष्टिको चपेटामा पर्ने स्थिति आउंछ । दैवी विपत्तिहरु पनि धेरै नै पर्न सक्छन् । आर्थिक विषमता आगामी २ बर्षसम्म अझ अधोगतितिरै जाने स्थिति छ । कुनै पनि राष्ट्रलाई आर्थिक संकट पर्ने स्थिति छ आगामी दुई बर्षसम्म । देशहरु बीच एक आपसमा झगडाको स्थिति पनि देखिन्छ र यस्तो स्थिति नेपालबाट पृथ्वीको पूर्वोत्तर देशहरुमा बढी नै छ । पूर्बोत्तर देशहरु भन्नाले चीन, रुस, सिंगापुर, मलेसिया हुंदै अमेरिकासम्मको दिशालाई इंकित गर्न खोजिएको हो ।
जगत लग्नबाट यो बर्षको फल यसप्रकार छ
मेषलाई कष्ट, बृषलाई स्त्री सुख, मिथनुलाई शत्रु पराजय, कर्कटलाई पुत्र सुख, सिंहलाई मित्र सुख, कन्यालाई कुटुम्ब बृद्धि, तुलालाई धन लाभ, बृश्चिकलाई देश सुख, धनलाई दुख दारिद्रय, मकरलाई लाभ, कुम्भलाई सुख, मीनलाई धर्मार्थ प्राप्ति हुन्छ ।
हेर्नुहोस् वार्षिक राशिफल : २०७७ सालमा १२ राशीहरुको ग्रहगोचरस्थिति यस्तो छ