विश्वभर कोरोनाबाट १ लाख ८ हजारको मृत्यु, १७ लाख ८० हजार संक्रमित
विश्वभर १७ लाख ७८ हजार २१० जना संक्रमित हुँदा अमेरिकामा मात्रै ५ लाख ३२ हजार ९२ जना संक्रमित पुष्टि भएका छन् । त्यस्तै कोरोनाबाट विश्वभर १ लाख ८ हजार ७५५ जनाको मृत्यु भएको छ ।
अमेरिकामा मात्रै २० हजार ५६२ जनाको ज्यान गएको छ ।
अमेरिकाका नयाँ मृतक १ हजार ८१५ जना रहेका छन् । अमेरिकामा ३० हजार २९८ जनालाई मात्र निको भएको छ ।
संक्रमणमा स्पेन दोस्रो स्थानमा छ । १ लाख ६३ हजार २७ जना संक्रमित हुँदा १६ हजार ६०६ जनाको ज्यान गएको छ ।
तेस्रो स्थानको इटालीमा १ लाख ५२ हजार २७१ जना संक्रमित हुँदा १९ हजार ४६८ जनाको ज्यान गएको छ ।
चौथो स्थानको फ्रान्समा १ लाख २९ हजार ६५४ जना संक्रमित हुँदा १३ हजार ८३२ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख २५ हजार ४५२ जना संक्रमित हुँदा २ हजार ८७१ जनाको ज्यान गएको छ ।
चीनमा ८१ हजार ९५३ जना संक्रमित हुँदा ३ हजार ३३९ जनाको ज्यान गएको छ । बेलायतमा ७८ हजार ९९१ जना संक्रमित हुँदा ९ हजार ८७५ जनाको ज्यान गएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
इरानमा ७० हजार २९ संक्रमित हुँदा ४ हजार ३५७ जनाको ज्यान गएको छ ।
भारतमा ८ हजार ४४६ जना संक्रमित हुँदा २८८ जनाको ज्यान गएको छ । त्यस्तै पाकिस्तानमा ५ हजार ११ जना संक्रमित हुँदा ८६ जनाको ज्यान गएको छ ।