नागरिक पोष्ट News


नयाँ वर्ष २०७७को दिन चट्याङ हुरीबतास सहित पानी पर्ने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

2.2K

काठमाण्डौ - नयाँ वर्षको दिन  (सोमबार) पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको आंशिक प्रभावले भोलि पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भइ थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना  रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्य तथा पूर्वी पहाडी क्षेत्रको तुलनामा पश्चिमी पहाडी क्षेत्रमा अलि धेरै पानी पर्नेछ । आजलाई भने पहाडी क्षेत्रको एक/दुई ठाउँमा दिउँसोपछि एकैछिन पानी पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । तर एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्नेछ । यो प्रिमनसुन अर्थात मनसुनअघिको मौसमको विशेषता हो ।

बैशाख १ गते (सोमबार) नयाँ वर्षको पहिलो दिन सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली  रहने छ। 

पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली  रहने छ। 

बैशाख २ गते (मंगलबार)

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहने छ। पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली  रहने छ । 

पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

Must View