नागरिक पोष्ट News


लकडाउन खुकुलो पार्ने निर्णय छिटो गर्दा अबस्था भयावह हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेताबनी

1.5K

विश्व स्वास्थ्य संगठन कोरोनाभाइरस महामारीको बीच प्रतिबन्ध खुकुलो पार्न शिघ्रता नगर्न चेताबनी दिएको छ । स्वास्थ्य संगठले हतारमा प्रतिबन्ध खुकुलो पार्ने निर्णयले कोरोनाभाइरस संक्रमण पुर्नरुत्थान भई घातक हुनसक्ने चेताबनी दिएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस अदनोम गेब्रेससले केही राष्ट्रले घरमै बस्न जारी गरेको निर्देशन खुकुलो पार्न छलफल चलाएकोबारे ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले स्वास्थ्य संगठनले पनि छिटोभन्दा छिटो प्रतिबन्ध हटाउने पक्षमा रहेपनि कोरोनाभाइरस संक्रमणको पुनरुत्थान हुने शर्तमा त्यस्तो निर्णय नलिन आग्रह गर्नुभयो । विश्व स्वास्थ्य संगठनले महामारीका बीच विश्वमा मासिक दश करोड चिकित्सकीय माश्क र दुई करोड पचास लाख एन ९५ माश्क र चिकित्सकीय पहिरन तथा अनुहार ढाक्ने ढालको आवश्यकता रहेको जनाएको छ ।

Must View