नागरिक पोष्ट News


२४ घण्टामा भारतमा कोरोना बाट ४० जनाको मृत्यु, सात हजारभन्दा बढी संक्रमित

2.1K

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय १० जनाको मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ३३, गुजरातमा १९ र दिल्लीमा १३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार अहिले भारतमा समग्र संक्रमितको संख्या पनि सात हजार चार सय ४७ पुगेको छ ।

Must View