भारतीय टेलिभिजनहरुमा अफवाहः नेपालको जालिम मियाँले भारतमा कोरोना फैलाएको झुट प्रचार
काठमाडौं । भारतीय टेलिभिजनहरुले नेपालको सीमामार्फत भारतमा कोरोना फैलाउने षडयन्त्र भएको अपवाह फैलाएका छन् ।
भारतीय टेलिजिन टिभी ९ र न्यूज १८ ले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोना संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहित समाचार प्रसारण गरेका हुन् ।
चैत्र २१ गते ४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमाण्डरले लेखेको पत्रका आधारमा नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने षड्यन्त्र भएको समाचार प्रसारण गरिएको हो । भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाउँदै मियाँले कोरोना संक्रमित ४०–५० जनालाई भारत पठाएर खबर प्रशारण गरेका थिए ।
बिहारका डिजिपी गुप्तेश्वर पाण्डेसँग गरेको कुराकानीमा बिहार प्रहरीलाई सो सूचना नआएको र नेपाल–भारतको बोर्डरमा आफ्नो कडा निगरानी रहेको बताएका छन् ।
यता पर्सा जगरनाथपुर गाउंपालिका अध्यक्ष मियाँले शुक्रबार विज्ञप्ती जारी गर्दै सो समाचार अफवाह मात्र भन्दै आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।