नागरिक पोष्ट News


अमेरिकाबाट ७ दिन भित्र आफ्ना नागरिक फिर्ता नलगे भिसा प्रतिबन्ध लगाउने ट्रम्पको धम्की

3.2K

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान आदेश दिएका छन् ।

विश्वका देशहरूले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता नलगे जरिवाना तिर्नुपर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लग्न अटेर गर्ने विदेशी नागरिकहरूलाई जरिवाना तिर्नुपर्ने एक आदेश पत्रमा हस्ताक्षर गरेका छन् ।

अमेरिकाले विदेशी नागरिकले अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा खतरा थपेकाले सम्बन्धित देशलाई नागरिक फिर्ता लान भनेको हो ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको सूचनामा भनिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । “अमेरिकाबाट आफ्ना नागरिकलाई फिर्ता लान अटेर वा बिनाकारण ढिलाइ गर्ने देशहरूले अमेरिकामा फैलिरहेको कोरोनाभाइरसको समयमा अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा स्वीकार गर्न नसकिने खालका जोखिम थपिरहेका छन् ।”

यो सूचनाको अटेर गर्नेलाई ‘भिसा निषेधाज्ञा’को कारबाही गर्ने जनाइएको छ । विश्वका देशहरूलाई ७ दिन भित्र आ–आफ्ना नागरिकलाई अमेरिकाबाट फिर्ता लग्न भनिएको छ । यसको पालना नभए कारबाही गरिनेछ ।

Must View