हिम रश्मी विद्यालयको सहयोग एकीकृत सृजनशिल बालगृहमा
२९ चैत, काठमाडौं ।तारकेश्वर ९ मा पत्रकार तथा सामाजिक अभियान्ता सुशान्त न्यौपाने वडाको विपद व्यवस्थापन समितिमा रहेर सरकारी राहत निष्पक्ष ढंगले विपन्न वर्गलाई वितरण गरेका थिए । समाजसेवी सुसान्त न्यौपानेकै पहलमा आज बाल आश्रममा राहत वितरण गरिएको हा् । तारकेश्वर वडा नं। ९ मा रहेको हिम रश्मी विद्यालयले बालगृहमा खाद्यान्न सहयोग गरेको छ । करिव २५ जना भन्दा बढि जनयुद्धका घाइते, अपाङ्ग, बेपत्ता, सहिद र निमुखाका छोराछोरी रहेको एकीकृत सृजनशिल बालगृहमा आज १० बोरा जिरा मसिनो चामल, १ बोरा दाल, १ कार्टुन तेल, १ ठूलो कार्टुन बिस्कुट, ५ किलो चिनी, १० किलो नुन, चियापत्ति, साबुन र २ किलो सोयाविन मसेउरा लयागतका सामाग्री हिम रश्मीले उपलब्ध गराएको छ ।
स्कुलको सामाजीक उत्तरदायीत्व अनुरुप जनयुद्धका सहिद परिवारका बालबालिका बसेको बालगृहलाई सहयोग गरिएको विद्यालयका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले बताएका छन् । तारकेश्वर ९ भित्र केही दिनमा अझै निमुखा, मजदूर, ज्यामी र अति विपन्न एकल महिला र सुकुम्वासीलाई पनि राहत वितरण गर्ने योजना रहेको बताएका छन् ।