नागरिक पोष्ट News


कोरोनाका कारण भारतमा दोस्रो डाक्टरको मृत्यु

3K

काठमाडौं – भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरस संक्रमणबाट शुक्रबार एक डाक्टरको मृत्यु भएको छ । तीन दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका फिजिसियन डाक्टर ओम प्रकाश चौहानको मृत्यु भएको हो ।

भारतीय म्यागाजिन आउटलूकले बताएअनुसार उनी एक निजी क्लिनिक चलाउँथे । तीन दिनअघि भाइरसको संक्रमण देखिएका उनलाई औरोबिन्दो हस्पिटलमा भेन्टिलेटरमा राखिएको थियो ।

यसअघि बिहीबार पनि इन्दौरमै शुत्रुघ्न पंजवनी नाम गरेका अर्का एक डाक्टरको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यी दुवै डाक्टरको उपचार औरोबिन्दो अस्पतालमा हुँदै आएको थियो । 

Must View