कोरोनाबाट ९५ हजारको मृत्यु, १६ लाखभन्दा धेरै सङ्क्रमित, ३ लाख ५५ निको भए
1.6K
काेराेना भाइरस (काेभिड १९) बाट ९५ हजारभन्दा धेरैको ज्यान गएको छ । १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । जसमध्ये यो तीन लाख ५५ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् ।
त्यस्तै सङ्क्रमित मध्ये ११ लाखभन्दा धेरैको उपचार भइरहेकाे छ भने साढे ९५ हजारभन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा गएको २४ घण्टामा १७ सयभन्दा धेरैको ज्यान गएसँगै अहिलेसम्म साढे १६ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।
अमेरिकापछि स्पेनमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा कोरोना सङ्क्रमणका कारण १२ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।
यसैगरी गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप ४८ जनाको ज्यान गएसँगै भारतमा दुई सयभन्दा धेरैकाे ज्यान गएकाे छ ।